• शुक्रबार-बैशाख-१४-२०८१

भरुवा बन्दुक बरामद


लहान, २८ साउन (रासस) : प्रहरीले सिरहाको गोलबजार नगरपालिका–१ खजनपुरिया टोलबाट आज भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी मोक्सारबाट खटिएको टोलीले भरुवा बन्दुक बरामद गरेको हो ।

 

 प्रहरी टोलीलाई देख्नासाथ तत्काल नामथर वतन नखुलेका पुरुष व्यक्तिले लोड गरी बोकेको बन्दुक फ्याकेको अवस्थामा उक्त बन्दुक बरामद गरेको र ती व्यक्ति फरार भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले फरार व्यक्तिको खोजतलास भइरहेको जनाएको छ ।

 

यस्तै प्रहरीले लागुऔषध र केही विदेशी मुद्रासहित गोलबजार–४ निवासी ४० वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको छ । पक्राउ परेका साहले बोकेको झोलाबाट डाइलोक्स डिसी सात बोतल, नाइट्रोभेट १० ट्याब्लेट, नगद रु ३१ हजार ५८५, भारु चार हजार ३२० सहित अमेरिकन डलर रु एकको एक थान, पाँचका दरका दिराम दुई, मलेसियन रिंगेट एकका दुई, कतारी रियाल १० का दरको एक र चिनियाँ युआन एकाको एक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए  । 
 

प्रतिकृया दिनुहोस