बीपी कोइराला, टेबुल पोस, भोजन र स्वादे जिभ्रो !
एउटा राजनीतिक संस्थामा, त्यसको सिद्धान्तत्यसका सदस्यहरुको आचरण र कार्यक्षमता, त्यसले जनताबाट प्राप्त गर्न सकेको विश्वास, जुन विश्वास पनि समय–समयमा उसले लिएका समयोचित कदमहरुले बिस्तार–बिस्तार निर्मित हुन्छ, त्यसकानेताहरुको क्षमता र इमानदारी आदि कुराहरुबाट जीवन स्पन्द हुन्छ । अहिले भर्ना भएका ब्यक्तिहरु अब भरौटे(मर्सिनरी)का रुपमा आएका छन् ।
निर्वाचनमा जनताबाट अस्वीकृत र आफ्नो राजनीतिक आधारबाट बञ्चित भएका जसले आफूलाई कसैको हातमा बेचिन–यहाँ, नरिसाउनु मुटु, शब्द कडा भयो, अनायास बेचिन किनिने शब्द आयो–का लागि तयार पारेर राखेको जस्तो व्यक्तिहरुलाई प्रशासन यन्त्रमा प्रवेश गराएर के कस्तो राजनीतिक लाभको आशा गरेको हो ? बुझ्न सकिन ।
एकातिर त प्रशासन यन्त्र त्यसै भ्रष्ट हुन्छ, यी व्यक्तिहरुको अनैतिकता र अक्षमताले गर्दा, आर्कोतिर यिनीहरुबाट जुन राजनीतिक लाभको आशा राजाले गरेको होला, त्यो आशा पूरा हुने कुरा होइन । नेपाली कांग्रेस जनताको विश्वासको केन्द्र–विन्दु बनेको छ र झन् यसका नेताहरुलाई अकारण र आकस्मिक ढंगबाट षड्यन्त्रको रुपमा दरवारको सैनिकहरु प्रयोग गरेर यसको मान मर्यादा जनताको नजरमा झन् बढेको हुनु पर्छ ।
आज केवल राजनीतिक चर्चामात्र पत्रमा भयो । तर अरु चर्चाका विषय पनि यहाँ मसंग के छ र ? दिउसो नागपोखरीबाट मेरा धोएका लुगा आए । एउटा सानो टेबुल पोस पाएँ पनि–पठाइदिया रहेछ । मेरो यहाँको गृह ब्यवस्थापन टेबुलमाथि लुगा बिछाउन पाउँदा एउटा नवीनताको अनुभव भयो । कोठा केही सुन्दर भएजस्तो भयो, यद्यपि टेबुलपोस पाए“ अत्यन्तै सस्तो खालको कपडा छ र त्यसको रंग र बनावट पनि सस्तो रुचि झल्काउ“छ ।
बेलुका टहलेर आएपछि एकछिन हामी चारैजना टेबुलको चारैतिर बस्यौं र तास खेल्यौ । आगोको नगिचै टेबुल राखेको थियो, मन्द किसिमको उष्णताको सुख लिंदै हामीले रमाइलोसंग तास खेल्यौं । टेबुल पोसको चमत्कार । अब यस स्थितिमा एउटा ठूलो दार्शनिक सत्य सम्झन मन लाग्छ–जीवनमा के कुरा तुच्छ छ जसले जीवनलाई सुन्दर बनाउन नसकोस् ? जीवनमा निश्चय नै त्यस्ता तुच्छ–वस्तु छन् जसले जीवन संकीर्ण, अनुदार र रुचिहीन बनाउँछन् । तर यो टेबुलपोस त्यो तुच्छ वस्तुको कक्षमा राखिन नसकिने भयो ।
आज एउटा अर्को नयाँ कुरा गरें । भोजनमा परिवर्तन । साँझको भोजनमा अरुहरुको जस्तै मसाला परेको मासु र तरकारी र भात खाएँ । यता केही हप्तादेखि दुवै साँझ रोटी सुखा या परोठा खाने गरेको थिएँ । स्वास्थलाई लाभ नै गरेको जस्तो लाग्छ यो बानीले । मरमसाला र घ्यू तेल भने पहिले धेरै दिनदेखि त्यागेको हुँ । घरमा पनि सादा तरकारी खाने गरेको थिएँ । आज हठात भोजनमा परिवर्तन गर्न मन लाग्यो ।
एकनाशको कुरा खाँदाखाँदा भोजन रुचि र आनन्दको वस्तु रहेन । बीच–बीचमा जिभ्रोको स्वाद फेर्नुपर्ने सम्झेर आजको भोजनमा परिवर्तन गरेको हुँ । भोजन अत्यन्तै स्वादिष्ट लाग्यो । आखिर मसाला राम्रो पुगेका भुटनहरुले भोजनको स्वाद निश्चय बढाउदो रहेछ । यो सानो सत्यको आज अनुभव भयो ।
भोजनको सम्बन्धमा म बडो उदासिन रहन्छु । तिमीसंग यो मेरो एउटा भिन्ता छ । भोजन पनि जीवनको एउटा सुखको कारण हुन सक्छ या कारण बनाउन सकिन्छ भन्ने कुरापट्टि मेरो ध्यान गएन । जीवनलाई रसमय बनाउने यो एउटा सानो नै श्रोत किन नहोस् त्यसलाई किन थुन्नु ? सी.ई.एम. जोड पनि पहिले यस्तै भोजनका सम्बन्धमा अरुचिपूर्ण ब्यक्ति रहेछन् पछि फ्रान्स्को भोजनको स्वाद जिभ्रोमा गडेपछि बेलायतबाट केवल राम्रो भोजन खानका लागि फ्रान्स पुग्ने गरेछन् ।
उनले ७० वर्षको आयुमा एउटा मानिसले कति वर्षको अवधि केवल भोजन गर्न, तैयार गर्न र त्यसलाई खानमा बिताउ“छ त्यसको हिसाब गरेर भोजनको महत्व बुझेछन् । त्यसपछि भोजनको उनले कहिले पनि वेकदरी गरेनछन् । इंगल्याण्डको अरुचिकर भोजन परिकारको वर्णन गर्दै उनले एक ठाउँमा भनेका छन् कि एकचोटि दुर्भाग्यवस सानो शहरमा एउटा होटलमा रात काट्नुप¥यो । खाने कुरा के छ भनी सोद्धा निराशाको उत्तर पाएछन् । किनभने होटलमा सुप २/३ थरीका मात्र हुन्छ भन्ने थाहा रहेछ । चीज ? कुन प्रकारको चीज । चीज क्या चीज, चीज भनेपछि पुगिहाल्यो नि, चीज पनि प्रकार प्रकारका हुन्छन् र ?
होटलका अज्ञानी मानिसलाई उनले कसरी बताउन् कि चीज र चीजमा फरक छ । फ्रान्समा २०० थरीका चीज पाइन्छन्, र वहाँका होटेलवालाहरुले सजिलैसंग तिनका नाउँ ग्राहकको मन्मुग्ध गर्न सुनाइदिन्छन् । पाक विद्यामा अंग्रेज सभ्यताको युगमा पुग्नसकेका छैनन् । फ्रान्सवासीहरु आफ्नो सभ्यताको कुरा गर्दा या आफ्नो वडप्पनको चर्चा हुँदा भन्छन्–जुन जातिलाई २०० थरीको चीज बनाउने कला आउ“छ, त्यो जाति कैले पनि कसैको पछि पर्दैन ।
(बीपी कोइराला, २०१७ फागुन ५ गते सुन्दरीजल जेल)

प्रतिकृया दिनुहोस