• शुक्रबार-माघ-१८-२०८१

हमासले नियन्त्रण लिएका ७ बन्दी छुटाउने समारोह सुरू

 

गाजा । हमासले नियन्त्रणमा लिएका इजरायली बन्दी रिहाइको प्रकिया सुरू गरेको छ । खान युनिसबाट रिहा गरिएका ७ जना बन्दीमध्ये थाई कामदार रहेको अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

 

अल जजीरा अरेबिकले खान युनिसमा जारी बन्दी रिहाई समारोहको स्थानबाट रिपोर्ट गर्दै भनेको छ ‘सबैजना सात बन्दीहरू अर्बिल येहुदा, अर्का इजरायली बन्दी र थाई कामदारहरूलाई स्थानान्तरण गर्नका लागि गाडी पर्खिरहेका छन्।’

 

‘हामीले प्रत्यक्ष देखेको यो गाडीमा उनीहरु सबै छन्, शहीद याह्या सिनवारको घरको भग्नावशेषमा पुगेका छन्, जहाँ हस्तान्तरण कार्यक्रम हुनेछ,’ अलजजिराले भर्खरै जनाएको छ ।


त्यसका लागि आईसीआरसीका कारहरू पार्क गरिएका छन् र कारहरूमा रहेका सबैजना हस्तान्तरणका लागि याह्या सिनवारको घरको भग्नावशेषमा जाँदैछन्, त्यसपछि त्यहावाट बन्दीहरूलाई स्थानान्तरण गरिनेछ ।इजरायली बन्दीहरू, थाई कामदारहरू र आइसीआरसी टोलीहरू प्यालेस्टिनीको भीडको बीचमा १०० मिटरसम्म हिंड्नेछन ।
 

प्रतिकृया दिनुहोस