• शुक्रबार-बैशाख-१४-२०८१

लागुऔषधसहित तीन युवक पक्राउ

लहान, ५ साउन : सशस्त्र प्रहरीको टोलीले सिरहा नगरपालिका–१७ माडरबाट प्रतिबन्धित लागुऔषधसहित तीन युवालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट माडरबाट खटिएको टोलीले जाँचका क्रममा लागुऔषधसहित उदयपुरको कटारी नगरपालिका–१ निवासी १७ वर्षीय राहुल घलेमगर,  २० वर्षीय दिबहादुर खत्री र २० वर्षीय मिलन माझीलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट माडरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीले जानकारी दिए । 


भारतबाट पैदल आउँदै गरेका तीनै जनालाई शङ्का लागेर जाँच गर्दा लागुऔषध १०० ट्याब्लेट निट्राजिपाम बरामद भएकाले पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए  ।  रासस

प्रतिकृया दिनुहोस