• बिहीबार-बैशाख-१३-२०८१

डिएसपी हुँ भनी ठगी गर्ने पक्राउ

काठमाडौं, असार २६ । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भनी ठगी गरेको आरोपमा काठमाडौँको नागार्जुन नगरपालिका–७ सीतापाइलाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ धुनिबेँसी नगरपालिका–२ का ३८ वर्षीय राजेन्द्रप्रसाद लुइँटेल रहेको प्रहरीले जनाएको छ ।

 


 लुइँटेलले काठमाडौँ चन्द्रागिरि बस्ने व्यक्तिलाई म नेपाल प्रहरीको सिआइवीमा कार्यरत डिएसपी हुँ भन्दै ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले बुधबार उनलाई पक्राउ गरी ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ । उनका साथबाट रेडियो सेट एक थान, त्यसको चार्जर र नगद रु १० हजार बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए । (रासस)
 

प्रतिकृया दिनुहोस