• शनिबार-बैशाख-८-२०८१

 भारतीय राजदूतबाट नेपाली पत्रकारहरुलाई रंगिन रात्रिभोज 

प्रधानमन्त्रीलाई गुमराहमा राख्ने मुख्यसचिव, सचिव र सहसचिव चिन्नुस्


काठमाडौं । आजभोलि नेपाल–भारत सम्बन्धमा फेरि असहज अवस्था उत्पन्न भएको महसुस  हुन थालेको  छ । आइफा अवार्ड, भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी प्रयोगशालामा जाँच  जस्ता वर्तमानमा उत्पन्न घटना र विवादका कारण छिमेकी मित्र राष्ट्र भारत र नेपालका जनता, सरकारबीच फेरि मनफाट्ने अवस्था देखा परेको छ । 


 उल्लेखित घटनाका बारेमा हाम्रो परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबीच समन्वय हुन नसकेको कुरा त स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय तरकारी र फलफूल नेपालले आयात गर्ने र विषादी चेकजाँच(ल्याव टेष्ट) सन्दर्भमा नेपालस्थित भारतीय राजदूतावासले २९ जुन २०१९ मा नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिव, सहसचिव, विभागी प्रमुखलाई लेखेको पत्रबारेमा सरकार प्रमुख स्वयम् नै बेखबर रहेको बताएका थिए ? नेपालका  सरकार प्रमुख स्वयम्ले यो कुरा बताएपछि 'योभन्दा ठूलो दुर्भाग्य नेपालको अरु के होला ?' भन्ने टिप्पणी बुध्दिजीवीहरुले  गरेका छन्।  


नेपालस्थित भारतीय राजदूतावास काठमाडौंले २९ जुन(२०७६ असार १४ गते शनिवार)का दिन इमेल उल्लेख गरेर  परराष्ट्र मन्त्रालयका(सहसचिव यज्ञवहादुर हमाल साउथ एशिया डिभिजन, नेपाल सरकार), कृषि मन्त्रालयका सचिव युवकध्वज जीसी, उद्योग बाणिज्य आपूर्ति सचिव केदारवहादुर अधिकारी, सहसचिव नवराज ढकाल(आपूर्ति), खाद्य प्रविधि तथा गुणस्तर कन्ट्रोल विभागका निमित्त प्रमुख मनिता जोशी वैद्यलाई लेखेको पत्रका बारेमा प्रधानमन्त्री केपी ओलीले ‘‘मलाई केही थाहा छैन’’ भनेबाटै प्रधानमन्त्री र सरकारलाई उल्लेखित सचिव र  सहसचिवहरुले गुमराहमा राखेको स्पष्ट हुन्छ । 


सरकारको कर्मचारीतन्त्रको यो हदसम्मको लापरवाहीको मुख्य कारण मुख्यसचिव लोकदर्शन रेग्मी र सरकारका सचिवहरुबीचको समन्वयको अभाव रहेको एकजना सचिवले साँघुलाइ बताए । मुख्यसचिव लोकदर्शन रेग्मीको सचिव, सहसचिव, कसैलाई कर्मचारी त परै जावोस्, मान्छेको ब्यवहार समेत नगर्ने चरित्र, कसैको पनि फोन नउठाउने स्वभावका कारण केपी ओली नेतृत्वको सरकार एकपछि अर्को विवादमा पर्दै आएको छ भने यस्तै उल्झनमा परेर प्रधान मन्त्री ओलीले जनहितका लागि आँटेको काम पनि सफल हुन् दिइएको छैन।  


यिनै घटनाक्रम, सरकार र जनस्तरमा नेपाल भारतबीचको सम्बन्धमै असहज अवस्था उत्पन्न भएको यस घडीमा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले भारत निकट मानिएका, भनिएका नेपालका  दैनिक, साप्ताहिक पत्रपत्रिका, टेलिभिजन, अनलाइन, लगभग दुई दर्जन वरिष्ठ, कनिष्ठ पत्रकारहरुलाई रंगिन रात्रिभोजसहित भेटघाट गरेको खबर केएमजीमा कार्यरत पत्रकार स्रोतले बतायो।  स्रोतका अनुसार, भारतीय राजदूत निवास 'इण्डिया हाउस'मा आयोजित रंगिन रात्रिभोज र छलफल कार्यक्रम  २०७६ असार २५ गते  साँझ ७ बजेबाट  सुरु भएको थियो । 


भारतीय राजदूत निवास इण्डिया हाउसमा दिइएको रंगिन रात्रिभोजमा नेपाली संचार माध्यमका सम्पादक तथा पत्रकारहरुमा युवराज घिमिरे, नारायण वाग्ले, अनुप काफ्ले (केएमजी), देवप्रकाश त्रिपाठी, डा. राजेश अहिराज, हरिवहादुर थापा, प्रकाश रिमाल, शुभशंकर कँडेल, गुणराज लुईटेल, कृष्ण ज्वाला देवकोटा, प्रशान्त अर्याल, श्याम  कँडेल(कार्यकारी निर्देशक एचटीभी), ऋषि धमला, मदन लम्साल, निर्मल गुरुङ्ग(सगरमाथा टीभीका मालिक), प्रमोद सेंढाई(खबर हव) र  कुबेर चालिसे, सम्पादक कारोबार राष्ट्रिय आर्थिक दैनिक, ज्ञानेश्वर आचार्य( जनरल मेनेजर, बाह्रखरी अनलाइन)लगायतको उपस्थिति रहेको स्रोतले बताएको छ ।  

प्रतिकृया दिनुहोस