• शनिबार-बैशाख-८-२०८१

भारतको राजनीतिमा कालो बादल !

 

स्वतन्त्र भारतको सात दशक लामो कालखण्डभित्रको राजनीतिक गतिविधिमध्ये यसपटक निकै ठूलो छलाङ मारेको देखाएको छ । भाजपाले झन्डै दुईतिहाइ बहुमत हासिल गरेर प्रधानमन्त्री नरेन्द्र मोदीको सशक्त नेतृत्वको सरकार गठन गरेका छन् । साथै, भाजपाका भ्रातृ पार्टीहरू राष्ट्रिय स्वयमसेवक संघ (आरएसएस), शिवसेना, बजरंग दल र विश्वहिन्दू परिषद्जस्ता संगठनहरूले मोदीको (भाजपा) विजयलाई ‘हिन्दू क्रान्ति’ सफल भएको अर्थमा लिने गरेको पनि देखिन्छ । त्यसैकारण उनीहरूले सांस्कृतिक क्रान्तिका रुपमा हिन्दू राष्ट्र गोरक्ष, मठमन्दिरको पुनर्उत्थान वा हिन्दूत्वको संरक्षणमा विशेष जोड दिँदै राजनीतिक प्रस्तावहरू अगाडि सार्ने गरेका छन् । 

 


 हुन त यसअघि सन् १९१४ को आमचुनाव पनि भाजपाले हिन्दूत्वको नारा बोकेरै चुनाव जितेका थिए । तर पहिलेको भन्दा नयाँदिल्लीको राजनीतिक वातावरण अहिले उत्तेजित भावनातिर बढी नै रुमलिन पुगेको जस्तो देखिन आएको छ । तथापि भारतको प्रजातान्त्रिक अभ्यास भने निकै खँदिलो भएको मान्ने गरिन्छ । पण्डित जवाहरलाल नेहरूकालदेखि नै लामो कालखण्डमा भारतीय सत्ताको बागडोर सम्हालेका कांग्रेस पार्टी अहिले पनि विपक्षको भूमिकामा रहेका छन् । तर तिनका पार्टीका अध्यक्ष राहुल गान्धीले आफ्नो पदबाट राजीनामा दिए । राजीनामामा उनले भारतको आउँदा दिनहरू ‘डरलाग्दा’ हुने उल्लेख गरेको बताइन्छ । अब उप्रान्तको जन–निर्वाचनहरू नाममात्रको हुने पनि उनले दाबी गरे । 

 


यता भाजपा र उनका भ्रातृ संगठनहरूले भने कांग्रेसको ‘फिरकपरास्ता’(पृथकतावादी)हरूसँग साँठगाँठ रहेको गम्भीर आरोपहरू लगाउन थालेका छन् । सडक र सदन दुबैतिर कांग्रेसको विरुद्ध उत्तेजित ढंगले खनिने गरेका छन् । त्यस्तै ‘फिरकपरास्ता’ र विधर्मीहरू पाकिस्तान चलिगए हुन्छ भन्ने जस्ता आक्रामक शैलीमा प्रस्तुत हुनुले भारतभित्र प्रतिपक्षीहरूले सकभर ठूलै गडबढी फैलाउने आशंका सत्तासीन दलहरूले गरेको अनुमान गर्न सकिन्छ । यहाँ ‘शंकाले लंका जलाउँछ’ भन्ने उखान टुक्काको स्मरण गर्न सकिन्छ । भारतको उग्रदक्षिणपन्थी र उग्रवामपन्थी दुवै भारत–पाकिस्तान धार्मिक आधारको विभाजनलाई ‘अखण्ड’ भारतको विभाजन भनिठान्ने गर्छन् । तर, मध्यमार्गीहरूले भने त्यसलाई नाथुराम गोड्सेको दृष्टिकोण भन्दै निन्दा गर्दै आएका छन् । 

 


अहिले फेरि सन् १५२८ मा हिन्दू मन्दिर मासेर स्थापना गरिएको भनिएको अयोध्याको बाबरी मस्जिद, जो ६ डिसेम्बर १९९२ मा ध्वस्त पारेका थिए । सो स्थानमा भव्य भगवान् रामको मन्दिर बनाउनका लागि धर्मसभाहरू सरयु नदी तटमा बसिरहेका छन् । जहाँ लाखौं रामभक्तहरू भेला भएका छन् । उक्त विवादित स्थानको स्वामित्वको दाबी हिन्दू महासभा, निर्मोही अखडा, सुन्नी बोर्ड, सिया बोर्डलगायतले गर्दै आएका छन् । सन् १९९० देखि नै हिन्दू संगठनहरूले करसेवा (स्वयम्सेवक)मार्फत मन्दिर

 

निर्माणका लागि ढुंगाहरू थुपार्न थालेको हो । तथापि यो मामिला भारतीय सुप्रिम कोर्ट र हाईकोर्टहरूमा दर्ज भएपछि अदालती हस्तक्षेप हुन पुगेकाले मुद्दा न्यायालयको अधीनमा पुगेको छ । 
 भारतीय पुरातŒव विभागले अदालतकै निर्देशनमा बाबरी मस्जिदको जग उत्खनन् गर्दा खुदाइबाट पुरातात्विक महŒवको अवशेष प्रमाण भेटिएको देखाएको छ । उत्खनन् सन् १९७७ र सन् २००३ गरी दुईपटक भएको थियो । अहिले हिन्दू महासभाको धर्मसभाले भने अदालतको निर्णय आउन विलम्ब हुन गएकाले सरकारले सदनबाट विधेयक पारित गरेरै भए पनि मन्दिर निर्माण गराउन सक्नुपर्छ भन्दै माग अघि सारेका छन् । त्यसले मोदी सरकारलाई ठूलो दबाब सृजना गरेको छ । हुनसक्छ, यो अपार जनदबाबले गर्दा मोदी सरकार धर्मनीति र राजनीति समीकरण गरी चल्न बाध्य होस् । 

 


 यसअघि राम मन्दिरको नाममा धेरैपटक दंगाफसाद भड्किएको छ । जसले अनावश्यक धनजनको क्षति पु¥याउँदै आएको हो । राम मन्दिरको विवादलाई तन्काइराख्नु अनुचित मानिएको छ । ताकि यो धार्मिक सवाल कुनै पनि सरकार ढाल्ने हतियारका रुपमा चुनावको मैदानमा बारम्बार प्रयोग गर्न नपाउने भन्ने भारतीय बौद्धिक जगत्को राय देखिन्छ । 

 


अब कुरा यत्तिकैमा नटुंगिने जस्तो पनि देखिन्छ । द्वारिका मठ शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वती महाराजले बाबर हुमायूँले आफ्नो रानी नूरजाँहको समाधिस्थलका रुपमा सन् १६३१ मा निर्माण गरेको ताजमहलको गर्भमा शिवलिंग (शिवमन्दिर) भएको दाबी गर्दै त्यस स्थानमा पहिले हिन्दू मन्दिर भएकाले त्यसलाई हिन्दूको हातमा हस्तान्तरण गर्नुपर्दछ भन्ने गरेका छन् । 
जबकि ताजमहल विश्वसम्पदा सूचीमा सूचीकृत छ । काशी–बनारसलगायत भारतको विभिन्न ठाउँमा त्यसरी मन्दिर मस्जिदको विवादमा फसेको र फस्ने खालको विवादग्रस्त स्थलहरू थुप्रै छन् । त्यस्तै अशोक सम्राटकालदेखिका बौद्ध बिहारका भग्नावशेषहरू पनि छन् । 

 


पहिलेदेखि नै हिन्दू राष्ट्रवादीहरूले ‘हिन्दू, हिन्दी–हिन्दूस्तान–मुल्ला भागा पाकिस्तान’ भन्ने उग्रनारा लगाउँदै आएका हुन् । हिन्दू धर्म, हिन्दी भाषा र हिन्दूस्तान (भारत)को रक्षा हिन्दूले मात्र गर्छ भन्ने सन्देश जनतामा बाँडिएर एकखालको हिन्दू जागरण फैलाउने गरेका थिए । 

 


 अहिले भाजपा स्वयम्लाई त्यसको जनशक्ति र वैचारिक लहरलाई सन्तुलित पार्न मुस्किल पर्दैगएको देखिन्छ । त्यसकारण मोदी सरकारले नेहरू डक्ट्रिनको परराष्ट्र नीति परित्याग गरी आफ्नो देशभित्रको सामाजिक–सांस्कृतिक विकृति, गरीबी हटाउने, अर्थतन्त्र र राष्ट्रिय एकताको राजनीति अंगाल्दै छिमेकीहरूसँगको भाइचारालाई महŒव दिनुपर्ने अवस्था सिर्जना भएको छ । नयाँदिल्लीले यसो गर्दा नेपालको पृथकतावादीहरू पनि आफैं सेलाएर जाने सम्भावना फराकिलो भएर जानेछ । साथै, नयाँ दिल्लीको हाउगुजी देखाउने चलन पनि हट्नेछ । 
 

प्रतिकृया दिनुहोस