• आइतबार-श्रावण-५-२०७६

हावाहुरी पीडितका लागि एन आई सी एशिया बैंकद्वारा नगद सहयोग


काठमाडौं । उत्तरदायी बेैकिङ्गको अभ्यास गर्दै आईरहेको यस एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाई समाजमा योगदान पु¥याइरहेको सबैमा अवगत नै छ ।

 

सोही क्रममा २०७६ जेष्ठ २३ गते धनगढीमा आएको हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा पु¥याएको क्षतिप्रति दुुःख व्यक्त गर्दै सो घटनाबाट पीडित परिवारको पुनस्र्थापनाका खातिर एन आई सी एशिया बैंकले धनगढी उप–महानगरपालिका प्रकोप व्यवस्थापन कोषमा सहयोगस्वरुप दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

 

उक्त सहयोग स्वरुपको चेक एन आई सी एशिया बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख टेक राज भट्टले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर ओडलाई हस्तान्तरण गरेका हुन् । यो सहयोगबाट हावाहुरी पीडित क्षेत्रका परिवारलाई सहयोग पुग्ने भन्दै यस किसिमको सहयोग आगामी दिनमा पनि कायम रहने विश्वास धनगढी उप–महानगरपालिकाका प्रमुख ओडले व्यक्त गरेका छन् । एन आई सी एशिया बैंकले गरेको यो सहयोगले उक्त क्षेत्रका पीडित परिवारका लागि केही राहत पुग्ने विश्वास बैंकले लिएको छ ।

 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २८५ शाखा कार्यालयहरु, २९५ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको नायव प्रमुख सूचना अधिकृत अर्जुन राज खनियाले बताएका छन्  ।

 

करीब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको दावी पनि नायव प्रमुख सूचना अधिकृत अर्जुन राज खनियाले गरेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको दावी पनि बैंकले गर्दैं आएको छ ।
 

प्रतिकृया दिनुहोस