• शुक्रबार-बैशाख-७-२०८१

सुगर रोगीका लागि लसुन नै अमृत

 

चिनीको मात्रा नियन्त्रण : लसुनको प्रयोगले मधुमेह रोगमा चिनीको मात्रालाई सामान्य राख्दछ । लसुनले यस्तो हर्माेन्सको निर्माण गर्दछ, जसले चिनीको मात्रालाई नियन्त्रणमा राख्दछ । 


हृदय स्वस्थ राख्दछ : मधुमेहका बिरामीहरू हृदयको स्वास्थ्यलाई लिएर एकदमै सावधान रहनु जरुरी छ । मधुमेह रोगका बिरामीहरूमा हृदय रोग हुनु अति खतरनाक हुन्छ । यसका लागि नियमित रूपमा लसुनको प्रयोग गर्नुपर्दछ । यसले रगतमा खराब कोलस्ट्रोलको स्तरलाई कम गर्नुका साथै हृदयलाई स्वस्थ राख्दछ । लसुनमा गुड कोलेस्ट्रोलको स्तर वृद्धि गर्ने तत्व रहेको हुन्छ । 


उच्च रक्तचापमा फाइदाजनक : मधुमेहबाट ग्रसित व्यक्तिमा उच्च तनाव तथा उच्च रक्तचापको समस्या एकदमै खतरनाक हुन्छ । प्रतिदिन कम्तीमा पनि एक तथा दुई केसरा लसुन खानु आवश्यक छ । यसले रक्तचाप नियन्त्रण गर्ने सल्फाइड्स प्रवाह गर्दछ । यो सल्फाइड लसुन पकाएपश्चात् पनि नष्ट हुँदैन । दाल, मसाला जहाँ मिसाए पनि लसुनमा रहेको सल्फाइड नष्ट हुँदैन । 


कोलेस्ट्रोल घटाउँदछ : लसुनको प्रयोग कोलस्ट्रोलबाट पीडित मानिसहरूका लागि अमृत सावित हुनसक्छ । शरीरमा कोलस्ट्रोलको स्तर वृद्धि हुनाले यसको सीधा असर मधुमेहमा पर्न जान्छ । साथै विभिन्न रोगहरूको सामना गर्नुपर्दछ । जस्तै : हृदय रोग, माटोपना एवं अन्य । वैज्ञानिकको तथ्य अनुसार लगातार चार हप्तासम्म लसुनको प्रयोगले कोलेस्ट्रोलको १२ प्रतिशत वा त्योभन्दा बढी कम हुन सक्दछ । 

प्रतिकृया दिनुहोस