• शुक्रबार-असोज-३-२०८२

यसरी मनाइयो चितवनमा संविधान दिवस

 

चितवन, ३ असोज : शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस, २०८२ मनाइएको छ । संविधान दिवस मूल समारोह समिति चितवनले आज यहाँ दुई जोडी परेवा उडाएर संविधान दिवस मनाएको हो ।

 

मुलुकमा शान्तिको कामना गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रुपमा परेवा उडाउनुभयो । कार्यक्रममा जिल्लाका सरकारी कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख एबं उपप्रमुखहरु, राजनीतिक दलका नेताहरुको सहभागिता थियो ।

 

त्यस अवसरमा कार्यालय परिसरमा वृक्षरोपण, झण्डोत्तोलनलगायतका कार्यक्रमहरु राखिएको थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले संविधानको निरन्तरता र पालनाका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । 
---

 

प्रतिकृया दिनुहोस