• शुक्रबार-बैशाख-७-२०८१

चीफ सा’ब ! जर्नेलहरूमाथि पनि छानबिन होस् 

 

 

देशको ब्याक फोर्स भनेकै आर्मी हो । जुन देशमा आर्मी बलियो हुन्छ त्यो देशमा संधै अमन चयन रहेको हुन्छ । आर्मी भनेको बलियो संस्था हो । यसलाई बलियो बनाइराख्नु पर्छ तर शक्तिमा भने आउन दिनुहुन्न । शक्तिमा आर्मी आएको खण्डमा देशमा राजनीतिक संकट उन्पन्न हुन्छ र देश आन्तरिक तथा बाह्य द्वन्द्वमा फस्न जान्छ । अब कुरा गरौं नेपाली आर्मीको जुन नेपालको दिगो, बलियो र पुरानो संस्था हो । यो आर्मीको छुट्टै इतिहास र महत्व छ । यसै सिलसिलामा सेनामा विचलन ल्याई राजनीति घुुसाउन केही नेताहरू तथा सेनाकै जर्नेलहरू लागिपरेको पाइन्छ । संपादकज्यू, यस बारेमा केही छोटो हरफहरू लेख्ने कोसिस गरेका छौं, यसलाई झन्झट नमानी कृपया तपाईको यस साँघु पत्रिकामा छापिदिनु प¥यो ।

 


कुरा गरौं नेपाल आर्मीमा बढ्दो चलखेल, कमिशन, घुसखोरी, भनसुन, राजनीतिक दाउपेचको । चीफ सा’बलाई केही जर्नेलहरूका गतिविधि, गैरब्यवसायिक चरित्रका बारेमा सायद २÷४ कुराहरू थाहा नहुन पनि सक्छ । हाल सेनामा आफ्नो दुनो सोझ्याउन सेनाका कतिपय जर्नेल÷कर्नेलहरू राजनीतिक दाउपेचमा लागि परेका छन् त कोही कमाउन ब्यस्त, कोही चाकडीवाला त कोही पर स्त्रीसंग सल्केका छन् । यस्तै बेथिती तथा सेनामा चल्तापूर्जा जर्नेलका बारेमा लेख्ने कोसिस गरेका छौं ।

 


चल्तापूर्जा मध्येका जर्नेल हुन् ईश्वर हमाल । जर्नेल हमालले सेनाको पूर्वी मुख्यालयको कमान्ड संम्हाल्दा उनले गरेका केही अनियमित कामको विवरण यहाँ प्रस्तुत गरेका छौं । नेपाल आर्मीको पृतनाको लागि निर्माण गर्न छुट्ट्याएर पठाएको करोडौको बजेट  ईश्वर जर्सा’बले एउटा टेनिस ग्राउण्ड, एउटा घरको छानो ढलान गरेका थिए, भनिन्छ त्यो निर्माणमा ३,४ करोडको अनियमित काम गरियो । त्यही बेलामा नेपाल आर्मीले आफ्नो मध्यपूर्वी प्रितना मुख्यालय बनाउन बर्दिबासमा जग्गा खरिद गर्ने जिम्मा समेत ईश्वर जर्सा’बलाई दिएको थियो । त्यस जग्गा खरिद गर्दा कमिशन बापत आएको पैसाले त्यही वरिपरि उनले निजी जग्गा जोड्न सफल भएको हामीले सुनेका छौं । हुन त ईश्वर जरसाब साह्रै बाठो किनभने त्यही समय उनले सेनालाई आँखामा छारो हाल्न आफ्नो त्यहाँ भएको केही जग्गा समेत बेच्नु भएछ ताकि सबैलाई कमिशन बापत किनेको त्यो जग्गा आफ्नो जग्गा बेचेर किनेको भान परोस् भनेर होला । यसबारे सेनाका चीफ सा’बबाट सत्यतथ्य छानविन होस् भनेर यो कुरा लेखेका हौं ।

 


अब शिवपुरीको कमाण्डमा हुँदाको कुरा गरौं । शिवपुरी उनी हालका सेनाका अति चतुर, आपूmलाई मात्र व्यवसायिक ठान्ने नेपाली आर्मीका दोस्रो मयार्दाक्रममा रहेका मिस्टर अडिटरियम शरद गिरिको सिफारिसमा परेका हुन् भन्ने ठूलो चर्चा छ । मिस्टर अडिटरियम जरसाब लविङमा माहिर छन र उनकै डिजाइनमा अहिलेका चीफ सा’ब चल्ने गर्छन् भन्ने चर्चा पनि हामीले सुनेका छौं । एउटा कुरा चीफ सा’बलाई रामै थाहा होला कि शरद जर्साबले युद्धपति हुँदा बहुपत्नी अकुत सम्पत्तिवाला भुवन अधिकारी जर्नेलसंग मिलेर ‘पिपलामेट’ बाँडी अरुको अगाडि चोखो भई भित्रभित्रै ‘क्याडबरी’ खाएको । पृतनापति हुँदा शरद जरसाबले अडिटरियम बनाए । करोडौं कमाए भनेर सेनामा चलेको चर्चा झुठो होला त चीफ सा’ब ? त्यस्तै शिवपुरीमा समेत अडिटरियम बनाउदा शरद र ईश्वर जरसाबको ५०÷५० को भाग बण्डा भएको चर्चा पनि हामी सुन्दैछौं । ईश्वर जरसाब अहिले शिवपुरीस्थित नेपाल आर्मीको शिक्षालयमा कमाईधमाईमा मस्त छन् भन्ने पनि सुन्दैछौं, नपत्याए चीफ साबले त्यहाँका दरबन्दीका जवानहरूलाई गोप्यरुपमा बुझे सबै कुरा छर्ल¨ हुने छ । 

 


 विदेश भ्रमणमा शिवपुरीका विद्यार्थीहरूलाई लैजाने क्रममा मित्र राष्ट्र भारतमा भ्रमण गर्न जाँदा प्रति व्यक्तिमा हवाइ टिकटमा रु. १०,००० कमिशन लिएको गुनासोप्रति पनि गुप्त छानविन होस् ? चीफ सा’बलाई यो कुरा साँचो नलागे प्रमाणका लागि दरबार मार्गस्थित सिरिन ९क्भ्च्भ्ल्भ्० ट्राभल्स एजेन्टलाई कुनै तरिकाले तर, गुप्तरुपमा बुझे सबै विवरण प्रष्ट हुनेछ । हवाई टिकटको कमिशनको वास्तविकता पनि दूधको दूध पानीको पानी हुनेछ । 

 

 


हाल आएर ईश्वर जरसाब, शरद जरसावको आड भरोसामा सैनिक मर्यादा विपरीत घरदैलो कार्यक्रममा अलि व्यस्त हुनुहुन्छ रे । यदि यसबारेमा पनि चीफसा’बलाई प्रमाण चाहिन्छ भने भीभीआईपी सुरक्षामा खटिएका सेनाका प्रत्येक अंगरक्षकसंग गुप्तरुपमा बुझे ईश्वर जरसाबको प्राय जसो रातको समय कहाँ बित्छ भन्ने प्रमाण फेला पर्नेछ । अनि अर्को कुरा चीफ सा’ब † यो चिठ्ठी लेख्दाको दिनसम्म ईश्वर जरसाबलाई यो पनि सोध्नुहोला कि उनी फौजको अनुशासन उल्लंघन गर्दै सोह्रखुट्टे, दरबारमार्ग, नरसिंह चोक, पकनाजोल एरियामा साँझको समयमा कुन देशको एजेन्टलाई के कति कारणले भेट्नुहुन्छ भनेर । 

 


हामीले यी सबै कुरा लेख्नुको कारण चीफ सा’बले अहिले चलाएको सेना शुद्धीकरण अभियानमा सहयोग पुगोस् र सेनामा ठूला साना सबैलाई फलामे अनुशासनमा बाँधियोस् भनेर मात्र हो । चीफसा’बलाई भनेर मात्र नहुने कि ? त्यसैले चीफसा’ब लगायत सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउन साँघु साप्ताहिक पत्रिका मार्फत यो पत्र प्रकाशित गर्न अनुरोध गरेका हौं । नेपाली सेनाभित्र फौजी अनुशासन तोडेर धन कमाउन ब्यस्त रहने अरु पनि सेनाका धेरै ठूला सैनिक ब्यक्तिहरू छन् जसको बारेमा आगामी दिनहरूमा लेख्दै जानेछौं ।

 

एउटा ज्वलन्त प्रमाण के छ भने सेनामा ३०÷४० हजार र २५÷३० हजारको सरकारी जागिर खाएर आफ्नो छोराछोरीलाई भारत, अमेरिका, जापान, अष्टे«लिया, जर्मनी, फ्रान्समा पढाउन सकिएला ? अनि काठमाडौं जस्तो महंगो शहरमा ५÷१० करोडका बंगलाहरू ठड्याउन सकिएला ? आर्मीका अफिसरहरूको अकुत सम्पत्तिको स्रँेत कसले खोज्ने ? कि जर्नेलहरू संविधान र कानूनभन्दा माथि हुन् ? हामी वर्तमा चीफसा’ब को कार्यकालमँ नेपाल आर्मीभित्रको लुटतन्त्र नियन्त्रण होस्, अनियमित काम कारवाही न्यूनीकरण होस् भन्ने चाहन्छौं ।

 

 
हामी सबै बरिष्ठ, कनिष्ठ सैन्य अधिकृतहरूको फौजी अनुशासनविरुद्धका काम कारवाहीलगायतका कुराहरूको प्रमाण एकठ्ठा गर्ने प्रयासमा छौं । आगामी दिनहरूमा नेपाली सेनाभित्रका विकृति विसंगति लेख्दै जाउँला । हाललाई यत्ति छापिदिएर नेपाल आर्मीलाइ बलियो बनाइ राख्न सहयोग गरिदिनुहुन तपाई सम्पादकज्यूलाई विनम्र अनुरोध गर्दछौं । 
  –नेपाली सेनाको भलो चाहने शुभचिन्तक अधिकृतहरू
 

प्रतिकृया दिनुहोस