• शुक्रबार-बैशाख-१४-२०८१

कामु प्रधानसेनापतिद्वारा जनता आवास  निरीक्षण 

 

काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा 'जनता आवास' (बारा र पर्सा) कार्यक्रम सञ्‍चालनार्थ विभिन्‍न १२ स्थानहरुमा १२ वटा समूह बनाएर एकै पटक घर निर्माण गर्ने योजना अनुरुप  २०७६ बैशाख १४ गतेबाट नेपाली सेनाले गरिरहेको पुनर्निर्माणको  २०७६ असार ०५ गते कायममुकायम प्रधानसेनापति रथी  शरद कुमार गिरीले निरीक्षण भ्रमण गरेका छन्  ।  

 

 भ्रमणको दौरान जनता आवास कार्यदलका कमाण्डर, बारा र पर्सा जिल्लामा तैनाथ गणका गणपतिहरु र उक्त कार्यदलका  अपरेशन अधिकृतले हालसम्म भएका कार्य प्रगति तथा भविष्यमा गरिने निर्माण योजनाको जानकारी गराएका  थिए  ।

 

सोही  अवसरमा कायममुकायम प्रधानसेनापति  गिरीले बारा जिल्लामा ४ वटा क्लस्टर (परवानीपुर/चैनपुर, खटुवाजग्दी, पुरैनिया र छोट्की फुलवरिया) हरुको स्थलगत निरीक्षण गरी हावाहुरी पीडितहरुसँग अन्तरक्रिया समेत गरेका थिए  । 

 

 उक्त निरीक्षण भ्रमणको दौरान नेपाली सेनाका रथीबृन्द, हावाहुरी प्रभावित क्षेत्रका स्थानीय वासिन्‍दाहरुको उपस्थिति रहेको थियो । निरीक्षण भ्रमण सम्‍पन्‍न गरी कायममुकायम प्रधानसेनापति  गिरी आजै काठमाण्डौ फर्किएका छन्  ।
 

प्रतिकृया दिनुहोस