• शुक्रबार-बैशाख-१४-२०८१

नेपाली सेनालाई  चिनियाँ जनमुक्ति सेनाबाट  १५० आरएमबी विपद् व्यवस्थापन सहयोग  


काठमाडौं । मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा २०७६ असार ०१ गतेदेखि सप्ताहव्यापी औपचारिक भ्रमणको क्रममा चीनको Beijing मा रहेका प्रधानसेनापति महारथी  पूर्णचन्द्र थापाले २०७६ असार ०४ गते General Li Zuocheng, Member of Central Military Commission (CMC), Chief of Joint Staff Department, CMC सँग शिष्टाचार भेटवार्ता गरेका छन्  ।

 

यस अघि Beijing स्थित People's Liberation Army हेडक्वार्टरमा प्रधानसेनापति  थापाको सम्मानमा चिनियाँ जनमुक्ति सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 

 

सोही  अवसरमा प्रधानसेनापति  थापाले चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई मानवीय सहायता तथा विपद् व्यवस्थापन (Humanitarian Assistance/Disaster Response-HA/DR) सहयोग अन्तरगत प्रदान भएको १५० मिलियन RMB बराबरको सामग्रीहरु-Heavy Mechanical Bridge, Explosive Ordnance Disposal (EOD) Equipment हरु, Rescue Kit तथा विभिन्‍न प्रकारका सवारी साधनहरु प्राप्त गर्ने सम्बन्धीको प्रोटोकल सम्झौतामा हस्ताक्षर गरेका थिए  । 

 

भ्रमणकै सिलसिलामा असार ४ गते नै  प्रधानसेनापति  थापाले Beijing स्थित चिनियाँ जनमुक्ति सेनाको विभिन्‍न सैनिक संरचनाहरुको निरीक्षण भ्रमण गर्नुका साथै Great Wall लगायत अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमण समेत गरेका थिए  ।

 

‌औपचारिक भ्रमण समाप्त गरी प्रधानसेनापति थापा  २०७६ असार ०७ गते काठमाण्डौ फर्किने  कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस