• बिहीबार-बैशाख-१३-२०८१

जरोकिलो युवा अभियानको अठोट 


काठमाडौं । प्रगतिवादी युवा समाज नेपालको आयोजनामा सामाजिक सञ्जालको सदाचारी प्रयोग विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।


प्रविधिको विकास संगै यसको सकारात्मक प्रयोगमा समाजिक संजालका सञ्चालकहरु चनाखो हुनुपर्ने बताउँदै जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिका अध्यक्ष सुशील गौतमले नेपाल जस्तो विविधता भएको देशमा सामाजिक सद्भाव कायम गर्न नयाँ प्रविधिमा आधारित समाजिक सञ्जाल जस्ता सञ्चार माध्यमको मुख्य भूमिका हुने बताए ।

 

सञ्चार माध्यमको दुरुपयोगका कारण विश्वमा जघन्य नरसंहार भएको उदाहारण प्रस्तुत गर्दै गौतमले घृणाजन्य सूचनाको निरन्तर संप्रेषणले रुवाण्डाका नरसंहार भएको उदाहरण प्रस्तुत गरे  । रुवाण्डा नरसंहारमा करीब १० लाख मानिसले ज्यान गुमाउनु परेको बताउँदै गौतमले सञ्चार माध्यमको सदाचारी प्रयोगका लागि यसबाट सिक्नुपर्ने बताए ।

 

कार्यक्रममा विशेष वक्ता नेपाल प्रहारी साइवर अपराध सेलका प्रतिनिधि प्रहरी निरीक्षक लिलाराज डाँगीले कानूनले नगर्न भनेका कुराहरु कम्प्युटर प्रविधिमार्फत भएमा त्यसलाई साइवर अपराधको रुपमा लिइने बताउँदै तल्लो तहका जनतासम्म सामाजिक सञ्जालको पहुँच हुने भएकोले यसको प्रयोगमा सम्वेदनशील हुनुपर्ने पर्नेमा जोड दिए । 

 

घण्टौं हिंडेर नपुगिने ठाउँमा पनि समाजिक सञ्जाल पुगेको बताउँदै डाँगीले यसको सदाचारी प्रयोगका लागि समामाजिक सञ्जालका सञ्चालकहरु आर्थिक नाफा र सामाजिक दायित्वलाई सन्तुलनमा राख्न आग्रह गरे  । सइबर अपराध भएको प्रमाणित भएमा पाँच वर्ष सम्म जेल सजाय र एक लाखसम्म जरिवानाको व्यवस्था भएको पनि निरीक्षक डाँगीले बताए । 


राष्ट्रका लागि युवा सञ्जालका संचालक निकोलस भुषालले अहिले प्रथमिकरुपमा मानिसको सोच नकारात्मकतर्फ उन्मुख भएको बताउँदै हाम्रो गौरवमय विगतले हामीलाई उर्जा दिएको बताए । हाम्रा पुर्खाले कायम गरेको शान अहिले सहनै नसकिने दरिद्रतामा परिवर्तन भएको वर्तमान सन्दर्भमा जरो किलो महाअभियानको भूमिका सन्दर्भिक भएको बताउँदै यस अभियानसंग सहकार्य गर्न उत्सुक भएको बताए  । 


बुद्धलाई आफ्नो ज्ञान फैलाउने मिहिनेत लगेको र अहिले प्रविधिको उपलब्धताले सहजै विचार प्रवाह सम्पन्न गर्न सहज भएको बताउँदै सामाजिक सञ्जालको प्रयोगमार्फत नेपालको पर्यटन प्रवद्र्धन तथा सरसफाईको क्षेत्रमा सफलतापूर्वक काम सम्पन्न भएको सकारात्मक उदाहरण प्रस्तुत गरे । 


सामाजिक सञ्जाल एम डब्लु आर आर का रुपक अधिकारीले समाजिक संजालले नकारात्मक कुरा मात्रै नफैलाएको बताउँदै सकेसम्म सामाजिक सञ्जालका संचालकहरुले सकारात्मक कुराहरुलाई नै प्रवद्र्धन गर्न आफ्नो सोचको सफाई गर्नुपर्ने बताए । 


राष्ट्रका लागि युवा सञ्जालका अनिल रिजालले धर्मको विवेकलाई आत्मसात गर्न सके सामाजिक सञ्जालको सदाचारी प्रयोग सहजै हुने बताए । प्रविधिको विकासले नकारात्मक पोष्टहरुलाई सजिलै पहिचान गर्न सकिए पनि यसलाई निर्मूल पार्न आत्म जिम्मेवारी बोध हुनु आवश्यक भएको उनले बताए । 


कार्यक्रमकामा सभापतिको आसनबाट बोल्दै प्रगतिवादी युवा समाज नेपालका अध्यक्ष समीर गौतमले सामाजिक सञ्जालमा रहेका ग्रुपका सञ्चालकले प्रयोगकर्ताहरुलाई ग्राहक जस्तो नठानी परिवारका सदस्य ठान्नु पर्ने बताए । देशको आमूल परिवर्तनका लागि मूलतः सामाजिक, आर्थिक, शैक्षिकसंगै राजनीतिक क्षेत्रमा सकारात्मक हस्तक्षेप आवश्यक रहेको बताए  ।

 

बन्दुक देखाएर सदाचारी अभ्यास नआउने बताउँदै गौतमले सबै मानिसहरु चेतनाको तहमा एक हौं भन्ने सहृदयताको भावनाले मात्रै सदाचारी अभ्यासलाई व्यवहारमा ल्याउन सकिने बताए । 


कार्यक्रमसञ्चालन प्रगतिवादी युवा समाज नेपालका सदस्य धिरेन्द्र चन्द्र सोडारीले गरेका थिए । सुनिता डाँगीले स्वागत गरेकी थिइन् । कार्यक्रम युगनिर्माण अभियान नेपालको हल जमलमा सम्पन्न भएको थियो ।
 

प्रतिकृया दिनुहोस