• बुधबार-असोज-१५-२०८२

नेपालले वेस्ट इण्डिजलाई दियो १२३ रनको चुनौती


काठमाडौं, १४ असोजः  युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम  खेलमा नेपालले वेस्ट इण्डिजलाई एक सय २३ रनको लक्ष्य दिएको छ ।

 

संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज टस हारेर  पहिला ब्याटिङ गरेको नेपालले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर १२२  रनको योगफल बनाएको हो ।

 

 नेपालका ओपनर कुशल भुर्तेलले ३९ रन बनाए । उनले  २९ बलमा दुई चौका र तीन छक्कासहित सर्वाधिक ३९ रन बनाए । यस्तै, कप्तान रोहित पौडेलले १९ बलमा एक छक्कासहित १७ रन बनाए भने सन्दीप जोराले १४,  कुशल मल्ल्ले १२, गुल्शन झाले १० रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङकमा रन जोड्न सकेनन् ।

 

वेष्ट इण्डिजका लागि रमन सिमाण्ड्सले चार  विकेट लिए भने जेडिवाह ब्लाड्सले दुई  विकेट लिए  । 

 

नेपालले यसअघि भएको पहिलो खेलमा वेष्टइण्डिजलाइ १९ रन र दोस्रो खेल ९० रनले पराजित गरेको  थियो ।
---

प्रतिकृया दिनुहोस