काठमाडौं। देश अहिले राजनीतिक र आर्थिक दुवै संकटको चपेटामा छ, तर कांग्रेस, एमाले र माओवादीका नेता माफियाको महलहरूभित्र सुरक्षित अवैध अर्बौं रूपैयाँ(विदेशी मुद्रा)ले उनीहरूप्रति जनतालाई झनै आक्रोशित बनाएको छ । राजधानीसहित विभिन्न शहरमा आगलागी भएका घटनामा नेताहरूका महलहरूबाट जलेका रू. ५०० र रू. १००० का नोट, सुन चाँदीहरू फेला परेका छन्। यी अवैध नोट र सुन-चाँदीहरूले स्पष्ट प्रमाणित गरेकाे छ कि-नेपालमा चुनाव जित्ने असली हतियार अवैध पैसाकै पहाड रहेछ ।
अवैध नोट: नयाँ सरकारको चुनौती
सरकारले अहिलेसम्म औपचारिक प्रतिक्रिया नजनाइ, मौनता अपनाएको छ। वित्तीय विशेषज्ञहरू भन्छन्-रू. ५००/१००० का नोट तत्काल अवैध घोषणा गरिनुपर्छ। नेपाल राष्ट्र बैंकमार्फत श्रोत खोल्दै जम्मा गर्न एक महिनाको म्याद दिनुपर्छ। वैध नोटहरू सुरक्षित हुनेछन् र अवैध नोट बेकामे हुनेछन्।”
अवैध धन : चुनावी मासु–दारूको राजनीति
राजनीतिक विश्लेषकहरूले चेतावनी दिएका छन्—“नेतामाफियाले चुनाव जित्ने क्षमता यही अवैध पैसामा भर पारेका छन्। जनता र पार्टी कार्यकर्ताको पसिनाले कमाएको पैसा मासु, दारू र पेट्रोल वितरणमा खर्च गरिन्छ। यो खेल रोकिए मात्र देशमा राजनीति र अर्थतन्त्रको शुद्धीकरण सम्भव छ।”
जनताको आक्रोश
स्रोतका अनुसार, अवैध नोट भण्डारणको यो खेल लामो समयदेखि चल्दै आएको छ। आगलागीपछि फेला परेको टनका टन नोटहरूले यही सारा खेलको प्रमाण प्रस्तुत गरेका छन्। सामाजिक सञ्जाल र सडकमा उठेको आवाज स्पष्ट छ-रू. ५००/१००० का नोट अवैध गर, नेता माफियाको सम्पत्ति जफत गर !”
विशेषज्ञहरूको विश्लेषण: अब सरकारको साहसिक कदमले नै देखाउनेछ कि कालो पैसाको पहाड कहिलेसम्म नेतामाफियाको सिरानीमुनि सुरक्षित रहन्छ र कहिलेसम्म जनताको अधिकार र न्यायले जीत हासिल गर्छ।
प्रतिकृया दिनुहोस