• शनिबार-भदौ-२८-२०८२

नदीमा डुबेको अवस्थामा दुई जनाको शव फेला 


रौतहट । जितिया पर्वको (नहायखाय)का लागि व्रतालुसंगै नदीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । 


गौर नगरपालिका–६ सवगढका ब्रतालुहरुसंगै लालबकैया नदीमा नुहाउन गएकी बालिकाको शनिबार बिहान डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


गौर नगरपालिका–६ बैजु साहको १० बर्षीया छोरी करिश्मा साह आमासंगै नुहाउने क्रममा शनिबार विहान डुबेर वेपत्ता भएको खवरपाएपछि नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी तथा स्थानीयले खोजी गरेका हुन् । 


शनिबार बिहानदेखि खोजी गरेपनि दिउँसो बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले जानकारी दिए ।


जितिया पर्वको (नहायखाय) अर्थात पवित्र जलाशयमा नुहाएर चोखो खाना खाने दिन भएको हुँदा व्रतालुसंगै बालिका पनि नदीमा नुहाउन गएको उनले बताए । 


उनका अनुसार बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ  । यसैगरी लालबकैया नदीमा पौडी खेल्न तथा नुहाउन गएका इशनाथ नगरपालिका–१ का १५ बर्षीय विगन साहको पनि शनिबार बिहान शव फेला परेको एसपी गिरीले बताए । 


गत विहीबार साथीहरुसंग लालबकैया नदीमा पौडी खेल्न गएका साहको शव ८ किलोमिटर दक्षिणतर्फ भारतीय क्षेत्रमा फेला परेको उनले बताए । साहको शव ल्याउन भारतीय प्रहरीसंग समन्वय भइरहेको र घरका सदस्यहरु त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस