• सोमबार-भदौ-२३-२०८२

सोह्र श्राद्ध सुरु भएसँगै पशुपतिमा पिण्डदान तर्पण गर्दै श्रद्धालु (तस्विरहरू)


आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिन्छ । यसै अवसरमा काठमाडौंको पशुपतिनाथ, गोकर्ण लगायतका पवित्र स्थलमा सोह्र श्राद्ध गर्नेको भिड लाग्ने गर्दछ ।

 

श्राद्धको पहिलो दिन सोमबार बिहानैदेखि काठमाडौंको प्रमुख तीर्थस्थल पशुपतिनाथ क्षेत्रमा आफन्त गुमाएका श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। बागमती नदी किनारमा पुजारीको सहायता लिँदै दिवङ्गत आत्माहरूको शान्तिका लागि तर्पण र पिण्डदान गर्नेहरूको घुइँचो लागेको छ ।

 

तस्विरहरू ः

तस्विरहरू : बिजेन अमात्य / नेपाल न्यूज बैंक
 

प्रतिकृया दिनुहोस