• शनिबार-भदौ-२१-२०८२

लोयल्टी एकेडेमीमा उपत्यका विकास प्राधिकरणले चलायो डोजर


काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी जग्गा हडपेको भन्दै लोयल्टी एकेडेमीमा डोजर चलाएको छ । 


बुढानीलकण्ठ नगरपालिका–९ धोबीखोला करिडोर (मण्डिखाटार) मा रहेको उक्त लोयल्टी एकेडेमीमा २०८२ भदाै २१ गते शनिबार विकास प्राधिकरणले डोजर चलाएको हो ।


प्राधिकरणका अनुसार लोयल्टी स्कूलले पाँच रोपनीभन्दा बढी सार्वजनिक जग्गा हडपेर बसेको छ । आज ( भदाै २१ गते शनिबार) प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेत र बोर्ड सचिव (कानून महाशाखा प्रमुख ) घनश्याम पौडेलको अगुवाइमा सो स्कूलमा डोजर चलाइएको हो । 


यो  स्कुल नेकपा (एमाले) बाट सांसद बनेका विजय सम्बाहाम्फेको हो । उनी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालका पूर्व अध्यक्षसमेत हुन् । अहिले नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका छन् ।
 

प्रतिकृया दिनुहोस