• बुधबार-भदौ-१८-२०८२

रुपन्देहीमा विभिन्न अबैध सामान बरामद, प्रहरी टोली सक्रिय

रुपन्देही। जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहत प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा नियन्त्रण तथा चेकजाँच अभियान सञ्चालन गर्दै ठूलो मात्रामा अबैध सामान बरामद गरेको छ। मिति २०८२ भदाै १४ र १५ गते  सञ्चालन गरिएको उक्त अभियानमा कुल रु. ६,८०,२२० बराबरको सामान नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया तथा पशु क्वारेन्टाइन कार्यालय बेलहिया पठाइएको छ।

बरामद गरिएका सामान र घटनाका विवरणः

रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिका

बरामद सामानः

मोटरसाइकल: लु ४ प ७१८, लु ४ प ८५७३

बोईलर कुखुरा: १९ वटा

पेय पदार्थ: Seviyan Long १५ के.जी., Sprite २५० ml र ७५० ml ८० बोतल

पाउडर दूध: ५ बट्टा

कमला पसंद: ५ प्याकेट

बाख्रा: २ वटा

मटर: ९० के.जि., चिनी: ३ बोरा, मो.सा. सहित

कुल मूल्य: रु. १,७२,१००

नियन्त्रणमा लिएका व्यक्ति: गुलाम मुराउ (४० वर्ष) र मुक्टार अलि (२२ वर्ष)

पठाइएको स्थान: भन्सार कार्यालय बेलहिया

रोहिणी गाउँपालिका (संयुक्त अभियान)

बरामद सामानः

मोटरसाइकल: लु ४ प ७१८, लु ४ प ८५७३

बोईलर कुखुरा: १९ वटा

पेय पदार्थ: ३ पेटी

किराना सामग्री: २ बोरा, मो.सा. सहित

कुल मूल्य: रु. १,९०,१२०

लुम्बिनी साँस्कृतिक नगरपालिका

बरामद सामानः

मोटरसाइकल: UP 55 N7406, MH 48 AD 5621

बोईलर कुखुरा: ७२ पिस, मो.सा. सहित

कुल मूल्य: रु. १,१५,०००

नियन्त्रणमा लिएका व्यक्ति: प्रदिप राजपुत (२४ वर्ष), लालु यादब (२० वर्ष)

सिद्धार्थनगर नगरपालिका

बरामद सामानः

सुट: ७८ थान

साडी: २७

दैनिक उपभोग्य सामान: ९ बोरा

कुल मूल्य: रु. २,०३,०००

प्रहरीको सक्रियता

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, चेकजाँच र नियन्त्रण अभियानले अबैध भन्सार छली, चोरी–पैठारी र अनधिकृत कारोबार रोक्न महत्वपूर्ण भूमिका खेलेको छ। बरामद सामान भन्सार कार्यालयमा बुझाइसकेपछि आवश्यक कारवाही अघि बढाइएको छ।

प्रहरीले जनता, व्यापारी र सरोकारवालाहरुलाई सचेत रहन र अनधिकृत तथा अवैध कारोबारबाट बच्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस