• बुधबार-भदौ-१८-२०८२

गरिमा विकास बैंकलाई ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले इण्डियन च्याम्बर अफ कमर्शले प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित ‘इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् २०२५’ (Emerging Asia Banking Conclave & Awards 2025)काे  सम्मान प्राप्त गरेको छ ।

अगस्ट २९, २०२५ मा भारतको नयाँ दिल्लीमा सम्पन्न तेस्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा बैंकलाई विकास बैंकिङ उत्कृष्टता र डिजिटल फाइनान्सियल इनोभेसन The Best Bank / Best AI/ML Implementation विधामा उत्कृष्ट घोषित गर्दै Best MSME Acceleration विधामा Runner-up अवार्ड प्रदान गरिएको हो । यस अवार्डमा नेपालसहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकाका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रूपमा अवार्ड ग्रहण गर्नुभयो । यसअघि पनि, सन् २०२४ मा आयोजित दोस्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा बैंकले बैंकिङ सेवा नवप्रवर्तन विधामा अवार्ड जितिसकेको थियो ।

बैंकले यस अवार्डलाई आफ्ना ग्राहकलाई निरन्तर सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने यात्रामा थप ऊर्जा दिने सम्मानका रूपमा लिएको जनाएको छ । अवार्ड प्राप्तपछि बैंकले ग्राहक, नियामक निकाय, शेयरधनी तथा शुभेच्छुकप्रति आभार प्रकट गरेको छ । साथै, उत्कृष्ट विकास बैंकको रूपमा निरन्तर स्थापित गर्न अहोरात्र खटिने सम्पूर्ण कर्मचारीलाई विशेष धन्यवाद दिएको छ ।

हाल गरिमा विकास बैंकका देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएम सञ्चालनमा रहेका छन् । बैंकले अत्याधुनिक डिजिटल बैंकिङ सेवामार्फत पनि आफ्ना ग्राहकलाई सजिलो, भरपर्दो र सुरक्षित वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस