• बिहीबार-श्रावण-२९-२०८२

रौतहटमा करेन्ट लागेर एक किशोरीको मृ त्यु

 

रौतहट, २९ साउन । रौतहटको परोहा नगरपालिका–६ बसन्तपट्टी टोलमा करेन्ट लाग्दा एक किशोरको मृत्यु भएको छ ।

 

बिहीबार दिउँसो करिब २ बजे आफ्नै खेतमा मोटरले पानी पटाउने क्रममा तार छुट्याउने बेलामा करेन्ट लागि १६ वर्षीय राहुल कुमार पण्डित गम्भीर घाइते भएका थिए ।

 


घाइते पण्डितलाई तत्काल उपचारका लागि घोडहीमाई अस्पताल ल्याइए पनि दिउँसो करिब २:२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक राहुल, उमेश पण्डितका छोरा हुन् ।

 


घटनाबारे खबर पाएपछि इलाका प्रहरी कार्यालय कोप्वा पिपरिया, रौतहटका प्रनानि महानन्द प्रसाद यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस