• बिहीबार-श्रावण-२९-२०८२

जिप दुर्घटनामा एक जनाको मृ त्यु, तीन घाइते

 

म्याग्दी, २८ साउन : यहाँको मालिका गाउँपालिका–५ रुन्मामा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन घाइते भएका छन् । 

 

दरवाङदेखि रुन्मातर्फ जाँदै गरेको ग २ च ४३९२ नं को बोलेरो जिप अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

दुर्घटनामा परी मालिका गाउँपालिका–५ की ४३ वर्षीया छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । 

 

जिपका चालक मालिका–५ का ४० वर्षीय चन्द्र पुन, १४ वर्षीया सिर्जना घर्ती र ७३ वर्षीय भविराज फगामी घाइते भएका छन् । घाइतेको दरवाङ आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
---

 

 

प्रतिकृया दिनुहोस