काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले नेपालमा अब नैतिकता केही मानिसमा मात्र बाँकी रहेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री र पोखरा लिच्चीबारी काण्डमा सहकारी मन्त्रीको नाम जोडिदा पनि उनीहरु विरुद्ध कारबाही नभएको भन्दै यो देशमा नैतिकता हराउदैँ गएको बताए ।
उनले भने, ‘यो देशमा अब नैतिकता केही मानिसमा मात्र छ । हामी निरन्तर भिजिट भिसा प्रकरणको आडमा भएको भ्रष्टाचारको छानबिनका लागि गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेका छौ । त्यस्तै पोखरा लिच्चीबारी काण्डमा २५ लाख घुस खाएको घटनामा बलराम अधिकारीमाथि प्रश्न उठेको छ । तर मन्त्रीहरु हामीलाई हावाले मात्र छोएको हो भन्नु हुन्छ । सदन र आम जनताले यसको जवाफ पाउनु पर्छ ।’
यस्तै, उनले देशमा भ्रष्टाचारको काण्डहरु धेरै नै दबाउन खोजिएको भन्दै आन्दोलन जारी रहेको र संसदीय छानबिन समिति गठनको माग पनि यथावत रहेको बताए ।
प्रतिकृया दिनुहोस