• बिहीबार-श्रावण-२९-२०८२

दिल्लीमा आवारा कुकुरको आतंक, सर्वोच्च अदालतले दियो यस्तो आदेश

 

नयाँ दिल्ली, २८ साउन । गत सोमबार भारतको सर्वोच्च अदालतले राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा आवारा कुकुरको बढ्दो त्रासलाई सम्बोधन गर्न कडा निर्देशन दिएको थियो । 

 

सर्वोच्च अदालतले दिल्ली, गुरुग्राम र नोएडाका अधिकारीहरूलाई ६ हप्ताभित्र ५ हजार आवारा कुकुर समात्न आदेश दिएको छ । 

 

दिल्ली म्युनिसिपल कर्पोरेशन अफ दिल्ली (एमसीडी) को तथ्याङ्क र भर्खरको सर्वेक्षण अनुसार दिल्लीमा आवारा कुकुरहरूको अनुमानित संख्या लाखौं पुगेको छ, जसले मानिसहरूलाई खतरामा पारेको छ । जसमा उच्च जोखिम क्षेत्रलाई प्राथमिकता दिन भनिएको हो । सर्वोच्च अदालतले एमसीडी र दिल्लीको राष्ट्रिय राजधानी क्षेत्रको नयाँ दिल्ली नगरपालिकालाई तुरुन्तै कुकुरहरूको लागि आश्रय स्थापना गर्न र ८ हप्ता भित्र रिपोर्ट पेश गर्न पनि निर्देशन दिएको छ ।

 

दिल्ली म्युनिसिपल कर्पोरेशनको तथ्याङ्क र भर्खरको सर्वेक्षण अनुसार दिल्लीमा आवारा कुकुरहरूको अनुमानित जनसंख्या १० लाखको हाराहारीमा रहेको छ। सन् २०२३ मा ४.७ लाख कुकुरको मात्रै बाँझीकरण गरिएको थियो । बाँझीकरण (नसबंदी) अभियानमा रहेको यो ठूलो अन्तरले कुकुरको टोकाइका घटना र रेबिजका घटनाहरूमा तीव्र वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । 


दिल्ली मात्र नभई नोएडा, गाजियाबाद र गुरुग्राम जस्ता यसको छेउछाउका क्षेत्रहरू पनि कुकुरहरूको बढ्दो खतराको सामना गरिरहेका छन् । नोएडामा मात्रै, २०२५ को पहिलो ५ महिनामा ५२ हजार ७०० भन्दा बढी कुकुरले टोकेका घटनाहरू रिपोर्ट गरिएका छन् । यसबाहेक गाजियाबादमा कुकुरको आक्रमणका घटनाहरू पनि अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेका छन्। दिल्लीमा १० लाख कुकुर समातेर उनीहरूका लागि आश्रय गृह तयार गर्नु नगरपालिकाका अधिकारीहरूका लागि चुनौतीभन्दा कम छैन । 

 

एकीकृत रोग निगरानी कार्यक्रम (आईडीएसपी) को तथ्याङ्क अनुसार सन २०२२ मा दिल्लीमा ६ हजार ७०० कुकुरको टोकाइका घटनाहरू रेकर्ड गरिएका थिए, जुन २०२४ मा बढेर २५ हजार पुगिसकेको छ । यस दुई वर्षको अवधिमा दिल्लीमा कुकुरले टोक्ने घटना २७७ प्रतिशतले बढेको छ । यो वर्ष अहिलेसम्म दिल्लीमा २६ हजार ३३४ कुकुरले टोकेको घटना सार्वजनिक भएको छ । तथ्याङ्क अनुसार, यी मध्ये ९ हजार ९२० मामिलाहरू दिल्ली नगर निगम अस्पतालहरूमा रेकर्ड गरिएको थियो, जबकि १५ हजार १० केसहरू यसको एन्टिरेबिज खोप केन्द्रहरूमा रेकर्ड गरिएका थिए । याे पछिल्लाे सात महिनाकाे केस हाे  ।


यसबाहेक कुकुरले टोक्ने घटना मात्रै होइन रेबिजको खतरा पनि चिन्ताको विषय बनेको छ । सन् २०२३ मा दिल्लीको मेयर भएकी शैली ओबेरोयले ६ लाख आवारा कुकुर रहेको बताएका थिइन । उनले आवारा कुकुरको बढ्दो खतराबारे पनि सचेत गराए ।

 

 

प्रतिकृया दिनुहोस