• शुक्रबार-श्रावण-२३-२०८२

नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा ६ सय भन्दा बढी तीर्थयात्रीले सेवा लिए

 

बाजुरा, २२ साउन । बडीमालिकाको दर्शनका लागि गएका भक्तजनलाई लक्षित गरी नेपाली सेनाको ईश्वरी बक्स गुल्म बाजुराले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य उपचार सेवामा ६ सयभन्दा बढीले सेवा लिएका छन् ।

 

यही साउन २३ गते चतुर्दशीका दिन लाग्ने पूजाका लागि यहाँ आएका भक्तजनहरुलाई निःशुल्क सेवा प्रदान  गर्न सुरु गरिएको ईश्वरी बक्स गुल्म बाजुराका गुल्मपति सेनानी कृष्ण तिमिल्सेनाले बताउनुभयो ।

 

गुल्मले बडीमालिका मन्दिर, त्रिवेणी पाटन र बडीमालिका जानेबीच बाटोमा गरी तीन ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । तिमिल्सेनाका अनुसार शिविरमा आएका तीन जना भक्तजनलाई उपचार गरी घर फर्काइएको छ । 

 

सुदूरपश्चिमको धार्मिक आस्थाको धरोहरका रुपमा रहेको बडीमालिकामा यो वर्ष करिव पाँच हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको गुल्मपति तिमिल्सेनाको भनाइ छ । 
---

 

 

प्रतिकृया दिनुहोस