• मंगलबार-श्रावण-२०-२०८२

गृहमन्त्री लेखकद्वारा विधयेक समिति बैठक आह्वान

 

काठमाडौँ, १९ साउन : गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्अन्तर्गतको विधयेक समितिको बैठक बोलाउनुभएको छ ।

 

मङ्गलबार बिहान ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

 

बैठकमा हाल चर्चामा रहेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको उक्त विधयेक सम्बन्धमा विभिन्न खाले विचार व्यक्त भइरहेका बेला विधेयक समितिका संयोजकसमेत रहनुभएका गृहमन्त्री लेखकले बैठक आह्वान गर्नुभएको हो । मन्त्री लेखकले उक्त विषयमा अध्ययनका साथै सरोकार भएका मन्त्री र उच्चस्तरीय सरकारी अधिकारीसँग छलफल गरिरहनुभएको पनि उहाँको सचिवालयले जनाएको छ । 
---

 

प्रतिकृया दिनुहोस