• बिहीबार-श्रावण-१-२०८२

क्षतिग्रस्त स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माणमा चीनको चासो


काठमाडौँ । नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन् । 


बिहीबार मन्त्रालयमा भएको भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माणलगायतका विषयमा छलफल भएको हो । 


भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुर्ननिर्माणमा चिनियाँ पक्षले चासो देखाएको छ । सिमापुल भएको स्थान जतिसक्दो छिटो अस्थाई पुल बनाउन चिनिया पक्षबाट प्रतिवद्धता आएको छ । 


यसैगरि चिनिया सहयोगमा सञ्चालित अन्य आयोजनाहरु टोखा–छहरे सुरुङ्मार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथांका सडक लगायतका विषयमा पनि छलफल भएको थियो । छलफलमा राजदूत चेनले काठमाडौ–चक्रपथ दोश्रो खण्ड विस्ताको काम छिटै शुरु हुने बताए । 


भेटपछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । आगामी दिनमा नेपाल र चीनबीच रहँदै आएको सहकार्य अझ प्रगाढ बन्ने विश्वास समेत व्यक्त गरे । 


छलफलमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले बाढी क्षतिग्रस्त बनाएको सिमापुल रहेको स्थानमा दशैं अघिनै पुल निर्माण हुने अपेक्षा राखिएको छ । मन्त्री दाहाल, मन्त्रालय एवम् सडक विभागका अधिकारीहरुको विच फलदायी छलफल भएको सचिव शर्माले जानकारी दिए । 


बाढीले नेपाल–चीनको मुख्य नाका रसुवागढीबाट आवात जावतमा कठिनाई भए पछि मन्त्री दाहालले त्यस खण्डलाई सुचारु गर्ने विषयमा चासो लिँदै आउनु भएको छ । छलफलमा सडक विभागका महानिर्देशक डा. बिजयकुमार जैसीलगायत मन्त्रालय तथा सडक विभागका अधिकारीहरु सहभागी थिए ।
 

प्रतिकृया दिनुहोस