• बिहीबार-श्रावण-१-२०८२

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

 

काठमाडौं, १ साउन । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।


च्यासलस्थित, नेकपा एमालेको केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 


प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको प्रारम्भिक तयारीका विषयमा छलफल गर्नका लागि आज बैठक बस्न लागेको हो । सो बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुनेछ ।

 

प्रमुख नेतृत्वमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था राख्ने वा हटाउने भन्नेबारे पार्टीभित्र फरक फरक मत प्रकट भइरहेको बेला यो सचिवालय बैठक बस्न लागेको हो ।
 

 

प्रतिकृया दिनुहोस