काठमाडौं । नागढुंगा–मुग्लीन सडक खण्ड अन्र्तगत पश्चिम खण्ड स्थीत कृष्ण भिर क्षेत्रमा यतिबेला सडक पुर्ननिर्माणको कार्य भइरहेको छ ।
गतवर्षको असोज ११ र १२ मा भएको भिषण वर्षा पश्चात यस क्षेत्रको सडक किनार करीब ५० सेन्टिमिटर जति दबेको थियो । त्यसपछि विज्ञ सहितको टोलीले अध्ययन गरेपश्चात अहिले यस क्षेत्रमा पाइलिङको काम भइरहेको छ । नदिले कटान गरेका स्थानमा पनि चेक ड्याम लगाउने काम भइरहेको छ ।
नागढुंगा–मुग्लीन सडक अन्र्तगत पश्चिम खण्डका योजना प्रमुख केदार प्रसाद नेपालका अनुसार २०५७ सालमा यस क्षेत्रमा ठुलो पहिरो आए पश्चात ६÷७ वर्ष लगाएर सडक विभागले बायो इन्जििनयरिङ, चेक ड्याम र विभिन्न स्ट्रक्चरहरु लगाएर पुर्ननिर्माण गरेपछि खासै ठुलो समस्या देखिएको छैन् ।
राजमार्ग विस्तारका क्रममा कृष्णभिरको भिरलाई काट्ने वा भत्काउने योजना नभएको उनले बताए । उनका अनुसार यस राजमार्गमा पहिरोको जोखिम कमगर्न निर्माण व्यवसायी र परामर्शदाताहरुलाई उपकरणहरु तैनाथ राखेर मलेखु, हुग्दी पुल र कुरिनटारमा १२ वटाभन्दा बढी उपकरणहरु २४ सै घण्टा तयारी अवस्थामा रहेका छन् । पहिरो आएर राजमार्ग बन्द हुनासाथ आधा घण्टाभित्र ति उपकरणहरु त्यहाँ पुग्ने उनले बताए ।
हाल सम्म यस सड्क खण्डको करीब ३२ प्रतिशत भौतिक प्रगती सम्पन्न भइसकेको द्ध । ४० किलोमिटर लामो यस खण्डमा मलेखु देखि ५ किलोमिटर सर्भे डिजाइन गर्ने क्रममा डाटा फेरबदल हुँदा काममा केहि ढिलाई भएको उनले बताए ।
अहिले यस करिडोरमा निर्माण सामग्रीहरु पनि निकै अभाव रहेको छ । ‘एकवर्षमा डेढलाख घनमिटरभन्दा बढी नदिजन्य सामग्रीको आवश्यकता रहन्छ तर स्थानिय निकायहरुसँग राजश्व तिरेर निकाल्दाखेरी करीब ३० हजारको मात्रै अनुमती पाइने भएकाले निर्माण सामाग्रीको अभावले काममा केहि ढिलाई भएको उनले बताए । आगामी आर्थिक वर्षमा यस खण्डको काम समापन हुनेछ ।
प्रतिकृया दिनुहोस