जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवबीच जनकपुरधाममा भेटवार्ता भएको छ ।
मंगलबार भएको भेटवार्तामा मधेश प्रदेशमा विद्यमान खानेपानी समस्या समाधानको लागि संघीय र प्रदेश सरकारले संयुक्त रूपमा अभियानकै रूपमा अगाडि बढ्ने सहमति भएको छ ।
संघीय र प्रदेश सरकारका संयन्त्रहरुलाई संयुक्त रूपमा परिचालन गर्दै खानेपानी संकट अन्त्यका लागि क्रियाशील गर्ने कार्य सुरु भएको छ । संघीय र प्रदेश सरकारले भएका साधनस्रोतको अधिक्तम प्रयोग गरी खानेपानी समस्या समाधान गर्ने र खानेपानीसंग सम्वन्धित ससर्त योजनाहरुलाई तत्काल कार्यान्वयन गरिने गरि काम अगाड़ि बढाइनेछ ।
जनताले भोगिरहेको खानेपानी संकटका वेला जनताकै साथमा खड़ा भई दुवै तहका सरकारको अनुभूति हुने गरि काम अगाडि बढाउन सरोकारवाला मन्त्रालय र निकायलाई निर्देशन दिइएको छ ।
भेटका क्रममा मधेश प्रदेशका उर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, संघीय खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठसहित मन्त्रालयका विज्ञ र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस