• बुधबार-असार-३२-२०८२

कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा

 

गुल्मी, ३१ असार : आइतबार बिहानदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको छ । 

 

करिडोर सडकखण्डअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरे र वडा नं ६ को बरल्वामा सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

 

सडक सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीको समन्वयमा सडक निर्माण कम्पनी कालीका कन्ट्रक्सनद्वारा डोजर र स्काभेटरको माध्यमबाट दुई दिनसम्म पहिरो पन्छाएपछि आज अपराह्नदेखि सडक एकतर्फी  सञ्चालनमा आएको हो । 

 

वर्षाका कारण दुवै स्थानमा चट्टानसहितको ठूलो पहिरो गएको हुँदा पहिरो हटाउन लामो समय लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले बताउनुभयो । 

      
पहिरोका कारण कुनै पनि समयमा जोखिम उत्पन्न हुनसक्ने भन्दै स्थानीय पालिका र प्रशासनले त्यस सडक क्षेत्रमा आवतजावत गर्ने मानिसलाई सतर्कता अपनाउन आग्रह गर्दै आइरहेको छ । बर्सात सुरू भएसँगै कालीगण्डकी करिडोर सडक पटक-पटक अवरुद्ध हुँदै आएको छ ।
---

 

 

प्रतिकृया दिनुहोस