• मंगलबार-असार-३१-२०८२

बरुण हाइड्रोपावरको हपप्रद शेयर आजदेखि निष्काशनमा

 

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर आजदेखि निष्कासनमा रहेको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले गत जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।

 

कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर जारी गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ ६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

 

गत जेठ २१ सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयर धनीहरुले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि अगामी साउन १९ गते सम्म आवेदन दिन पाउनेछन् ।

 

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले आरबीबी मर्चेन्ट बैंक सहित राष्ट्रिय वाणिज्य बैंकको विरगञ्ज, जनकपुर, नारायणगढ, बिर्तामोड, हेटौँडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी, धरान, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  

 

यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सकिने छ ।
 

 

 

प्रतिकृया दिनुहोस