• आइतबार-असार-२९-२०८२

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

 

मुम्बई, २९ असार । क्रिकेट र बलिउडको सम्बन्ध निकै पुरानो हो । क्रिकेटरले अभिनेत्रीसँग विवाह गरेको धेरै उदाहरण छन् । जसमा विराट कोहली–अनुष्का शर्मा, केएल राहुल–आथिया शेट्टी जस्ता क्रिकेटरहरू छन्।

 

शाहरुख खान र प्रीति जिन्टा जस्ता केही बलिउड सेलिब्रेटीहरू पनि क्रिकेट टोलीको मालिक छन् । यी सेलिब्रेटीहरू महत्वपूर्ण क्रिकेट खेलहरूमा पनि स्टेडियममा देखिने गर्छन् । आमिर खान पनि ती सेलिब्रेटीमध्ये एक हुन् ।


सन् २०१३ मा सचिन तेन्दुलकरले क्रिकेटबाट सन्यास लिँदा र २०११ को विश्वकपको फाइनलमा एमएस धोनीले छक्का प्रहार गर्दा भारतलाई जित दिलाउन उनी वानखेडे स्टेडियममा उपस्थित भएका थिए ।

 

सुपरस्टारको क्रिकेट कनेक्सन यहीँ टुंगिदैन । हालै लालनटपलाई दिएको एक अन्तर्वार्तामा आमिर खानले निकै चकित पार्ने खुलासा गरेका छन् । आमिर खानले कसरी जावेद मियाँदादले प्रहार गरेको छक्काले आफ्नो वैवाहिक जीवनको खुसीलाई बर्बाद गरेको बताए ।

 

वास्तवमा, आमिर खानले १८ अप्रिल १९८६ मा गोप्य रूपमा रीना (आमिर खानकी पहिलो पत्नी) सँग विवाह गरेका थिए । उनले विवाह गरेकै दिन पाकिस्तानी खेलाडी जावेद मियाँदादले अस्ट्रेलिया–एसिया कपको फाइनलमा भारत विरुद्ध अन्तिम बलमा छक्का प्रहार गरेर आफ्नो टोलीलाई जित दिलाएका थिए । 

 

आमिर खानले अन्तर्वार्तामा भनेका थिए, ‘हामी र रीनाले गोप्य रूपमा बिहे गरेका थियौं र आमाबुवालाई पनि बताएनौं । यो त्यही दिन थियो, जब मियाँदादले शारजाहमा अन्तिम बलमा छक्का प्रहार गरेर पाकिस्तानलाई भारतमाथि जित दिलाएका थिए । हामीले त्यही दिन बिहे गरेका थियौं, घर फर्किदा हामी निकै तनावमा थियौं तर सबैले खेल हेरिरहेका हुनाले हामीलाई कसैले केही सोधेनन् ।’


आमिरले भने, ‘विवाह भएको दिन म खुसी थिएँ । त्यो दिन भारतले खेल हारेको जित्ने अवस्था थियो त्यो पनि पाकिस्तानविरुद्ध । तर, मियाँदादले छक्का प्रहार गरेका कारण भारतले हार्नु परयो । धेरै वर्ष पछि मैले जावेद मियाँदादलाई विमानमा भेटेंका थिए । मैले उसलाई भनें, ‘जावेद भाइ, तपाईंले राम्रो गर्नु भएन, तपाईंले मेरो वैवाहिक जीवन बिगार्नुभयो । त्यो दिन तपाईंले छक्का प्रहार गर्नु भयो नि त्यसपछि म डिप्रेसनमा गएँ ।’

 

उल्लेखनीय छ कि जावेद मियाँदादलाई अहिलेसम्म पाकिस्तानका महान ब्याट्सम्यान मध्ये एक मानिन्छ । उनले १२४ टेस्ट खेलमा ५२.५७ को औसतमा ८८३२ रन बनाए भने २३३ ओडीआई खेलमा ४१.७० को औसतमा ७३८१ रन बनाए । भारत विरुद्ध छक्का प्रहार गरी खेलेको खेल जित्ने इनिङ्स सधैं सम्झनामा रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस