काठमाडौं, असार २९ गते। बैंकिङ कसुर मुद्दामा वादी नेपाल सरकार र प्रतिवादी भिम प्रसाद निरौला रहेको मुद्दामा फरार रहेका निरौलालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।
काठमाडौं जिल्ला अदालतबाट २०८१ साल फागुन १२ गते पक्राउ अनुमति जारी भएपछि खोजी कार्यमा जुटेको प्रहरी टोलीले २०८२ असार २८ गते ललितपुरको महालक्ष्मी नगरपालिका–५, ईमाडोलबाट उनलाई पक्राउ गरेको हो। पक्राउ परेका निरौलालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि काठमाडौंको प्रहरी वृत्त बानेश्वरमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ परेका प्रतिवादीको विवरण:
नामथर: भीम प्रसाद निरौला
उमेर: ६२ वर्ष
स्थायी ठेगाना: महाकाली नगरपालिका–४, दार्चुला
हालको ठेगाना: महालक्ष्मी नगरपालिका–८, ललितपुर
बिगो रकम: रु. २० लाख (२०,००,०००)
पक्राउ मिति: २०८२ असार २८ गते
पक्राउ स्थान: ईमाडोल, ललितपुर
भिमप्रसाद निरौलामाथि बैंकिङ कसुर अन्तर्गत ठगीसम्बन्धी मुद्दा दर्ता भएको थियो। उनले अरूको खातामा रकम पठाउने र असुल नहुने गरी चेक जारी गरेर आर्थिक ठगी गरेको आरोपमा मुद्धा चलेको हो। यसरी पक्राउ परेका प्रतिवादीमाथि कानूनी प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जनाएको छ।
यसअघिका केही महिनादेखि फरार रहेका निरौलाको खोजी कार्यलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाएको थियो। अदालतबाट अनुमति प्राप्त भएपछि महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले उनलाई निगरानीमा राखेर पक्राउ गरेको हो।
प्रहरीका अनुसार बैंकिङ प्रणालीको दुरुपयोग गरी करोडौंको ठगी गर्ने कार्य बढ्दै गएकाले यस्ता मुद्दामा प्रहरी सक्रिय रहँदै आएको छ। यसरी पक्राउ परेका प्रतिवादीलाई कानूनी दायरामा ल्याई न्यायिक प्रक्रिया पूरा गरिने प्रहरीले स्पष्ट पारेको छ।
प्रतिकृया दिनुहोस