• आइतबार-असार-२९-२०८२

खेलकुदमा योगदान दिने पत्रकार, उद्योगी, खेलाडीलाई कोशी प्रदेशमा सम्मान

 

विराटनगर  । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुदको विविध क्षेत्रबाट योगदान पुर्याउने १०१ जना व्यक्तित्वलाई शनिबार विराटनगरमा सम्मान गरेको छ । 

 

पत्रकार, उद्योगी, प्रशिक्षक, खेलाडी, व्यवस्थापक र कर्मचारीहरूसमेत सम्मानित भएको कार्यक्रममा जनही ५ हजारदेखि १२ हजार रुपैयाँसम्मको नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । पत्रकारितामार्फत खेलकुद प्रवर्धनमा विशेष योगदान दिने अभयकुमार राई, सुमन सुस्केरा, रमेश समदर्शी, रमा दाहाललगायतलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरियो । 

 

उद्योगी महेश जाजू र प्रकाश मुन्दडालाई निजी क्षेत्रबाट खेल प्रवर्धनमा पु¥याएको योगदानका लागि जनही ११ हजार रुपैयाँसहित सम्मान गरियो । पूर्वअन्तर्राष्ट्रिय खेलाडी धीरेन्द्र प्रधान, सिद्धान्त लोहनी, महेश रिजाल, लवभक्त श्रेष्ठ, जितेन्द्र चौधरी, किरण लामा तामाङलगायतलाई समेत दीर्घकालीन योगदानको कदर स्वरूप सम्मान गरियो ।


सम्मान समारोहमा प्रमुख अतिथि रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेल पूर्वाधार निर्माणलाई सरकारको प्राथमिकतामा राखिएको जानकारी दिँदै आगामी आर्थिक वर्षमा खेल मन्त्रालयका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरिएको बताए । ‘यो बजेट विगतको तुलनामा दोब्बर हो, जसको ठूलो हिस्सा पूर्वाधार निर्माणमा खर्च हुनेछ ।’ मन्त्री चौधरीले स्पष्ट गरे ।


उनले ’स्कुलदेखि ओलम्पिकसम्म’ कार्यक्रममार्फत विद्यालयस्तरदेखि अन्तर्राष्ट्रियस्तरसम्म प्रतिस्पर्धी खेलाडी उत्पादनमा सरकार प्रतिबद्ध रहेको बताए । मैदान, ट्र्याक, स्वीमिङ पुल, कभर्ड हल लगायत संरचना निर्माणमा तीव्रता दिइने पनि उनले उल्लेख गरे ।

 

कार्यक्रममा सामाजिक विकास मन्त्री तथा बोर्ड अध्यक्ष पाँचकर्ण राई, उपाध्यक्ष विन्ध्या कार्की र सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) सहितको सहभागिता रहेको थियो ।
 

 

 

प्रतिकृया दिनुहोस