• बिहीबार-असार-२६-२०८२

किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

काठमाडौं, २६ असार । उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो मुख्य अंगरक्षक परिवर्तन गरेका छन् ।

 

यसबाहेक सबै सुरक्षाकर्मीको सरुवा गर्ने कुरा पनि भइरहेको छ । जासुसी र आफ्नो ज्यानलाई खतरा रहेको भन्दै किम जोङ उनले यो कदम चालेको बताइएको छ । किम जोङ उन उत्तर कोरियाका सर्वोच्च नेता हुन्, जसको जापान, दक्षिण कोरिया र अमेरिका जस्ता देशहरूसँग प्रत्यक्ष शत्रुता रहेको छ।

 

उत्तर कोरियाको समाचारका अनुसार किम जोङ उन हालै एक स्थल निरीक्षणका लागि पुगेका थिए, जहाँ नयाँ सुरक्षा गार्ड र त्यसका प्रमुखलाई उनीसँगै देखिएका थिए । किमले हालै इरानी कमाण्डरहरूको लक्षित हत्यापछि तुरुन्तै यो परिवर्तन गरेका हुन्। यद्यपी उत्तर कोरियाले यस विषयमा आधिकारिक रुपमा केही बोलेको छैन् ।

 

समाचारमा किमका मुख्य अंगरक्षकको नाम भने खुलाएको छैन तर सेनाका एक वरिष्ठ अधिकारीलाई यो जिम्मेवारी दिइएको बताइएको छ । यसअघि यी ती अधिकारीले सिंगापुर, भियतनाम र रुसमा काम गरिसकेका छन् । ती नयाँ अंगरक्षकलाई किम जोङ उनको विश्वासपात्र मानिन्छ ।

 

समाचार अनुसार उत्तर कोरिया वा बाहिरका मानिसहरूलाई यस अंगरक्षकको बारेमा धेरै जानकारी छैन्। नयाँ मुख्य अंगरक्षकले पहिले नै पर्दा पछाडि किमको लागि काम गर्दै थिए। रिपोर्टमा थप भनिएको छ कि किमले आफ्नो पुरानो मुख्य अंगरक्षक किम चोल ग्युलाई राज्य मामिला आयोगको गार्ड विभागमा सरूवा गराएका छन् ।

 

उत्तर कोरियामा, किमको सुरक्षाको जिम्मेवारी एड्जुटेन्ट भनिने सुरक्षा बलमा रहन्छ। यसमा करिब २००–३०० सिपाहीहरू छन्, जो विभिन्न समयमा आफ्नो नेताको सुरक्षामा व्यस्त रहेका हुन्छन्। किम जोङको सुरक्षा प्रणाली ३ तहमा छ । पहिलो तहमा किम नजिकै १२ जना सैनिक राखिएको छ ।

 

यी १२ सैनिकहरूलाइ मात्रै हतियार लिएर किमसँग आउन अनुमति दिइएको छ । बीबीसीको रिपोर्ट अनुसार किमको सुरक्षा टोलीमा सामेल हुनका लागि धेरै कडा नियम बनाइएको छ । किमका सबै अंगरक्षकहरूमा दुईवटा कुरा समान छन् ।

 

पहिलो, किम जोङका सबै अंगरक्षकहरूको उचाइ सर्वोच्च नेताको उचाइ बराबर छ । यसको मतलब किम जोङ उन जति ठूला छन्, उनका सुरक्षा गार्डहरू त्यति नै ठूला छन् । किमलाई कसैले लक्षित गर्न नपरोस् भनेर यो गरिएको हो ।

 

दोस्रो किमको सुरक्षामा संलग्न सबै सैनिकहरूको कम्तिमा दुई पुस्ता सरकारप्रति वफादार रहेका छन् । किमले आफ्ना परिवारका वफादारहरूको सूचीमा परेका व्यक्तिहरूलाई मात्रै अङ्गरक्षक राख्छन् ।

 

 

प्रतिकृया दिनुहोस