काठमाडौं, असार २५ । नेपाली संगीतप्रेमीका लागि एउटा नयाँ भावनात्मक गीत “गाउँना त आउँदैन” सार्वजनिक भएको छ । गायक मेघ लामाको सुमधुर स्वरमा सजिएको यस गीतमा शब्द र संगीत आशुसेन लामाले दिएका छन् ।
प्रेमभावनामा डुबेको र मन छुने शैलीमा रचिएको यो गीतलाई एरेञ्ज, मिक्सिङ र माष्टरिङको जिम्मा चर्चित संगीतकर्मी राजन ईशानले सम्हालेका छन् ।
गीतको रेकर्डिङ काठमाडौंस्थित भर्चुअल स्टुडियोमा सम्पन्न भएको हो । गीतजत्तिकै भावुक र सशक्त रहेको म्युजिक भिडियोमा चर्चित युट्युब ग्रुप ‘भीमफेदी गाइज’ का कलाकारहरू र मोडल कृषाला तामाङले मुख्य अभिनय गरेका छन् ।
अभिनयमा वास्तविकता झल्किने प्रयास गरिएको छ, जसले दर्शकहरूलाई प्रेमको पीडा र मिठास दुवै अनुभूत गराउनेछ ।
भिडियोको छायांकन तथा सम्पादन पवन सुशलिङले गरेका छन् भने मेकअपमा सुबास तिमल्सिना, प्रोडक्सन व्यवस्थापनमा हरि अधिकारी र निर्देशनमा निर्मल कुमार लामा (BG) रहेका छन् ।
भिडियो सम्पूर्णरूपमा पेशेवर ढंगले तयार पारिएको देखिन्छ, जसले नेपाली म्युजिक भिडियोको गुणस्तरमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ ।
गीत “गाउँना त आउँदैन” को भाव, संगीत र दृश्य तीनवटै पक्षले दर्शक तथा श्रोताको मन छोने विश्वास लिइएको छ । यो गीत अहिले युट्युबसहित विभिन्न डिजिटल प्लेटफर्ममा उपलब्ध छ ।
प्रतिकृया दिनुहोस