पाचनतन्त्रको स्वास्थ्य शरीर स्वस्थ रहनकै लागि जरुरी हुन्छ । यदि पाचनतन्त्र स्वस्थ भएन भने अनेकौं समस्याहरु सिर्जना हुनसक्छ ।
–पाचनतन्त्रको स्वास्थ्यका लागि पर्याप्त पानी र तरलपदार्थको सेवन प्रशस्त मात्रामा गर्नुपर्दछ । यसले पेटबाट खराब चिजहरु बाहिर निकाल्न मद्दत गर्दछ ।
–प्रशस्त निद्रा हुनुपर्दछ । कम वा अनियमित निद्राले पनि शरीरलाई नोकसानी गर्दछ । ७–८ घण्टाको गहिरो निद्रा स्वास्थ्यका लागि अपरिहार्य हुन्छ ।
–सीमित मात्रामा कफीको सेवन गर्नुपर्दछ । क्याफिन तत्वले पानीको अभाव र पेटको समस्याको जोखिम बढाउन सक्छ । दैनिक १÷२ कप मात्रै कफी सेवन गर्नु उपयुक्त हुन्छ ।
–अल्कोहलको सेवन नगर्नु नै उपयुक्त हुन्छ । अल्कोहलले पेटको माइक्रोबायोमहरुलाई असर गरेको हुन्छ । यसले पेटमा जलन, पेट फुल्ने तथा पाचनको समस्या सिर्जना हुनसक्छ ।
–प्रोटिनयुक्त भोजन खानुपर्दछ । यसले पेटको राम्रो ब्याक्टेरियाहरुलाई उर्जा प्रदान गरी पाचन विकास गर्न मद्दत गर्दछ । यसका लागि अण्डा, दाल तथा दहीजस्ता खाद्य चिजहरु आहारमा सेवन गर्न सकिन्छ ।
–दैनिक १० मिनेट मेडिटेशन गर्नु उपयुक्त हुन्छ । यसले कम तनाव सिर्जना गर्छ । तनाव र पाचन एकआपसमा जोडिएको हुन्छ । तनाव बढेमा पाचन बिग्रने हुन्छ ।
–घामबाट भिटामिन डी प्राप्त गर्न सकिन्छ । भिटामिन डीले पेटको माइक्रोबायोमहरुलाई सन्तुलित गर्न र पाचन सुधार्न मद्दत गर्दछ । (साँघु साप्ताहिक, २०८२ असार २३)
प्रतिकृया दिनुहोस