• सोमबार-असार-२३-२०८२

‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत


टक्सार (भोजपुर), २३ असार : प्रत्येक बर्ष एक स्रष्टालाई प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार निवासी प्रेम शाक्य पुरस्कृत हुनुभएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले शाक्यलाई आइतबार एक कार्यक्रमबीच सम्मान तथा पुरस्कृत गरेको हो । 

 

    विसं २०४५ देखि वाद्यवादकका रुपमा अनवरत क्रियाशील शाक्यले विशेषतः नेवारी समुदायमा प्रचलित खीं, धा, धिमे, नाय्खी तथा हारमोनियम, तबला जस्ता वाद्य वादनका प्रशिक्षकका रुपमा नेवारी, कला र संस्कृतिको संरक्षण र सम्वर्द्धनमा योगदान पु-याउनु भएकाले उहाँलाई पुरस्कृत गरिएको पुरस्कार कोषका संरक्षक अमृका ताम्राकारले जानकारी दिनुभयो । 

 

    प्रतिष्ठानका संस्थापक अध्यक्ष श्याम तमोटले शाक्यलाई सम्मानपत्र तथा पुरस्कार राशी बापत् रु २२ हजार २२२ रुपैयाँ प्रदान गर्नुभयो । पुरस्कृत शाक्यले नेवारी वाद्य वादन बजाउने सीप हस्तान्तरणका लागि स्थानीय स्तरमा नियमित र विभिन्न जिल्लामा प्रशिक्षण समेत दिँदै आउनु भएको छ । 

 

    विसं २०१७ मा जन्मिनु भएका शाक्य भोजपुर नगरपालिका–१२ टक्सारका स्थानीय बासिन्दा हुनुहुन्छ । प्रतिष्ठानले भोजपुर प्रतिभा पुरस्कार हरेक वर्ष साहित्य, कला र संगीत क्षेत्रमा योगदान गर्ने ब्यक्तित्वलाई प्रदान गर्दै आएको छ । 
---

प्रतिकृया दिनुहोस