• शनिबार-असार-१४-२०८२

शिक्षा नै समृद्धि र परिवर्तनको मूल आधार हो : मुख्यमन्त्री सिंह


जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।


मुख्यमन्त्री सिंहले शनिबार एक बधाई दिदैँ विद्यार्थीहरूको यो उपलब्धिलाई शिक्षा यात्राको एक महत्वपूर्ण चरणको रूपमा वर्णन गरेका छन् ।


उनले भने, ‘तपाईंहरूको परिश्रम, लगनशीलता र निरन्तरताले हासिल गरेको यो सफलताले आगामी लक्ष्यतर्फ अघि बढ्ने मार्ग प्रशस्त गरेको छ । यसले तपाईंहरूलाई अझ ठूलो सफलता प्राप्त गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’


सन्देशमा मुख्यमन्त्री सिंहले विद्यार्थीहरूलाई आत्मविश्वास, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका छन् ।


उनले शिक्षा नै समृद्धि र परिवर्तनको मूल आधार भएको उल्लेख गर्दै समाज, प्रदेश र राष्ट्रको समुन्नत भविष्य निर्माणमा विद्यार्थीहरूबाट योगदानको अपेक्षा व्यक्त गरेका छन् ।


‘विद्यार्थीहरू नै राष्ट्रका आधारस्तम्भ हुन्,‘ मुख्यमन्त्री सिंहको भनाइ छ, ‘एसईईको सफलताले तपाईंहरूको आत्मबल थप मजबुत बनोस र आगामी दिनहरूमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न सकुन् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।’

प्रतिकृया दिनुहोस