• शनिबार-असार-१४-२०८२

रुपन्देहीमा अबैध भन्सार छलीका सामाग्रीसहित लाखौंको समान बरामद

 

असार १३, भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी इकाइहरूले असार १३ गते भन्सार छली गरी चोरी पैठारी गरिएका करिब चार लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामानहरू बरामद गरेका छन्। चेकजाँचका क्रममा तीन स्थानबाट बरामद गरिएका ती सामानहरू भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार बरामद गरिएको सामानकाे  कुल मूल्य रु. ४,०९,०००।– बराबर रहेको छ।

तीन स्थानबाट बरामद
१. लुम्बिनी सांस्कृतिक नगरपालिका–२, तेलारपुल:


प्रहरी चौकी सुक्रौलीआमाबाट खटिएको टोलीले UP 56 N 9727, UP 56 V 2545 र UP 56 R 5493 नम्बरका भारतीय मोटरसाइकलहरूमा ल्याइएको ९ बोरा खाद बरामद गरेको छ। यस सामानको अनुमानित मूल्य रु. २,५८,०००।– रहेको छ।

२. सिद्धार्थनगर नगरपालिका–११, पिप्रहिया:


प्रहरी चौकी मेउडिहवाबाट खटिएको टोलीले सो स्थानबाट ४४ थान लेडिज सुट बरामद गरेको छ। बरामद सुटहरूको अनुमानित मूल्य रु. ६६,०००।– रहेको छ।

३. देवदह नगरपालिका–४, भवानीपुर:


प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले लु ४ प ८५३३ नम्बरको मोटरसाइकलसहित प्लम्बिङ सामाग्री बरामद गरेको छ। समातिएका सामाग्रीमा ३५८ पिस एल्बो र ११८ पिस सकेट रहेको प्रहरीले जनाएको छ, जसको अनुमानित मूल्य रु. ८५,०००।– रहेको छ।

बरामद गरिएका सबै सामाग्रीहरू आवश्यक कानुनी कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।

भन्सार छली नियन्त्रणमा प्रहरी सतर्क


भन्सार छली तथा चोरी पैठारीका घटनाहरू नियन्त्रण गर्न रुपन्देही प्रहरीले सशक्त चेकजाँच अभियान चलाएको जनाएको छ। सीमावर्ती क्षेत्रमा गैरकानुनी रूपमा सामान ल्याउने प्रयासमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको र यस्ता कार्यमा संलग्नलाई कारबाही गरिने स्पष्ट गरिएको छ।

प्रतिकृया दिनुहोस