• शुक्रबार-असार-१३-२०८२

पूर्वराजा शाहको जन्मोत्सवमा निर्मल निवास खुला गर्ने तयारी


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ । 


जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने संवाद सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

 

सचिवालयका अनुसार, जन्मोत्सवको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला रहनेछ ।
 

 

प्रतिकृया दिनुहोस