• शुक्रबार-असार-१३-२०८२

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

 

काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, संसदीय सुनुवाइ समिति (संयुक्त), को बैठक बस्न लागेको हो । 

 

बिहान ९ बजेका लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुनेछ । बिहान ११ ः ३० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची छ । 


बिहान ११ः३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आ.व.२०८२÷०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ । 

 

बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) को उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।
 

 

 

प्रतिकृया दिनुहोस