भक्तपुर, १० असार : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारलाई भने कुनै असर नपार्ने बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उहाँले पाँच सांसद रहेको आफ्नो दलको समर्थन फिर्ताले सरकारलाई खासै असर नपर्ने बताउनुभयो ।
अध्यक्ष यादवले भन्नुभयो, “हामीले जुन विषय र कुरा उठान गरेर सरकारलाई समर्थन गरेका थियौँ, त्योअनुसार सरकार चलेन, हामीले भनेजस्तो नहुने भएपछि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयमा हाम्रो पार्टी पुगेको हो । तर हाम्रो पाँच सांसद मात्रै रहेकाले हामीले समर्थन फिर्ता लिएर पनि सरकार सञ्चालनमा कुनै असर भने पर्दैन ।”
---
प्रतिकृया दिनुहोस