पर्सा, ६ असार । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा चितवन माडी नगरपालिका–८ खर्कटा बस्ने ४१ वर्षीय दिपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
ठोरी गाउँपालिका–२ ठोरी बजारमा फ्रि टिकट, फ्रि भिषामा वैदेशिक रोजगारीका लागि दुबई र ओमान पठाइदिन्छु भनी विभिन्न प्रलोभन देखाइ ४ जना पीडितहरूलाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।
साथै प्रहरीले पीडितहरूको उद्दार समेत गरेको छ ।
निज खड्का उपर मानव बेचबिखन तथा ओसार पसारसम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस