रौतहट । रौतहटको पूर्विभेग दुर्गा भगवति गाँउपालिकाका पूर्व अध्यक्ष अरुण साहसहित ३ जना बिरुद्द जिल्ला अदालत रौतहटले पक्राउ पूर्जी जारी गरेको छ । जग्गा सम्बन्धी कारोवारमा रकम ठगी गरेको मुद्दामा अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गरुडाले जिल्ला अदालत रौतहटसँग गत जेठ १३ गते अनुमति माँग गरेको डिएसपी राजन कार्कीले न्युज कारखानालाई बताए । प्रहरीको माग अनुसार जिल्ला अदालतले पूर्व अध्यक्ष साहसहित ३ जनालाई पक्राउ गर्न आदेश जारी गरेको हो ।
गरुडा नगरपालिका–६ पोठियाहीका संतोष कुमार चौधरीले काठमाडौं नागार्जुन ४ बस्ने विमला देवी श्रेष्ठ र धिरज श्रेष्ठसँग सर्लाही हरिपुर–७ मा रहेको जग्गा खरिदका लागी गरेको सम्झौता बमोजिम पटक पटक गरी १ करोड ४३ लाख रकम नगद र चेक समेत बुझाएका थिए ।
उक्त जग्गा खरिद विक्रीमा संलग्न साहलाई चौधरीले आफ्ना ससुरा प्रभन्य चौधरीको नाममा रहेको नेपाल बैंक लिमिटिडको चेक मार्फत २०८१ भदौ १९ गते साहलाई १० लाख रुपैयाँको चेक दिएका थिए ।
सो पछि पटक पटक जग्गा पास गराउन भन्दा आलटाल गर्दै आएकाले पीडित सन्तोष चौधरीले पीडक विमला श्रेष्ठ, धिरज श्रेष्ठ र अरुण साह बिरुद्द १ करोड ४३ लाख ५० हजार ठगी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दायर गरेका थिए ।
मुद्दामा प्रहरीको अनुसन्धानको लागि जिल्ला अदालत रौतहटले अरुण साह,विमला देवी श्रेष्ठ र धिरज श्रेष्ठ लाई पक्राउ गर्न आदेश दिएको हो। ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले ठगी मुद्दामा संलग्न तीनैजना लाई पक्राउ गर्ने तयारी भईरहेको बताएका छन्।
प्रतिकृया दिनुहोस