• शनिबार-जेठ-३१-२०८२

आज दुई वटा संसदीय समितिको बैठक बस्दै 


काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । 


शुक्रबार बस्ने यी बैठकहरूमा विभिन्न महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।


बिहान १०ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ४१औं बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्रालयसँग छलफल गरिने कार्यसूची रहेको छ । 

 

यसैगरी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजे बस्दैछ । 

 

बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुकमा बैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । 


 

 

प्रतिकृया दिनुहोस