• सोमबार-जेठ-२६-२०८२

भारतमा काेभिडका बिरामी २३ गुणाले बढे, मृत्यु हुनेको संख्या ५८ नाघ्यो

 

नयाँ दिल्ली, २६ जेठ । भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको छ ।

 

भारतमा ९ दिनमा मात्रै ५८ जनाको मृत्यु भएको छ भने बितेका २ हप्तामा २३ गुणा बढीले संक्रमित थपिएका छन् ।

 

पछिल्लो २४ घण्टामा देशमा कोभिडका ३ सय ७८ नयाँ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको कुल संख्या ६ हजार नाघेको छ भने पछिल्लो २४ घण्टामा कोभिडका कारण ६ जनाको मृत्यु भएको छ ।

 

स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उपलब्ध तथ्यांक अनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य केरला हो । केरलापछि गुजरात, पश्चिम बंगाल र दिल्लीमा थप कोभिडका नयाँ केसहरू रिपोर्ट गरिएको छ । तर, विज्ञहरूका अनुसार कोभिडको नयाँ संस्करण खतरनाक भने होइन ।

 

पछिल्लो ४८ घण्टाको कुरा गर्ने हो भने देशमा कोभिडका ७ सय ६९ बिरामी बढेका छन् । यी सबै केसहरू एकदम हल्का हुन्छन् र बिरामी घरको हेरचाहमा निको हुन सक्छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अरुणाचल प्रदेश र मिजोरममा मात्र कोविडको सक्रिय केस छैन ।

 

गत २२ मे मा भारतमा जम्मा २५७ सक्रिय केसहरू मात्रै थिए तर लगातार केस बढ्दै गएपछि हालसम्म संख्या ६ हजार १३३ नाघेको छ । केन्द्र सरकारले राज्यहरूलाई अक्सिजन, आइसोलेसन बेड, भेन्टिलेटर र अत्यावश्यक औषधिको उपलब्धता सुनिश्चित गर्न भनेको छ ।
 

 

प्रतिकृया दिनुहोस