• शनिबार-जेठ-२४-२०८२

मस्कले ट्रम्पसँग जोडिरहेका ‘यौन दुराचारी’ एपस्टेन को हुन् ?

 

काठमाडौं, २४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्क बीच अहिले तिब्र लडाइ सुरू भएको छ ।

 

अहिले मस्क ट्रम्पका बिरूद्दमा ब्यक्तिगत तहमा नै उत्रेर आरोप लगाइरहेका छन । कतिपय आरोप त निकै संगिन पनि रहेका छन् ।

 

सोही सन्दर्भमा मस्कले ट्रम्पको नाम ‘बाल यौनदुराचारी र बिबादस्पद ब्यापारी’ जेफ्री एपस्टेन फाइलमा रहेको भन्दै त्यसैकारण रिलिज नगरिएको दाबी गरेका छन् । यससँगै ट्रम्प र एपस्टेन (ट्रम्प–एप्सटिन फ्रेन्डशिप) को पुरानो तस्विर पनि भाइरल भइरहेको छ। जसमा ट्रम्प उनको काँधमा हात राखेर मुस्कुराउँदै गरेको देखिन्छ । 

 

यसैबीच, सबैजना जान्न चाहन्छन् कि एपस्टेन को हुन् ? यदि उनी ट्रम्पको साथी थिए भने मस्कले किन यस्तो आरोप लगाइरहेका छन् । जेफ्री एपस्टेन र ट्रम्पको मित्रतादेखि शत्रु बन्नेसम्मको बिवरण चाँही यस्तो रहेको छ । 

 

जेफ्री एपस्टेन एक अमेरिकी फाइनान्सर थिए। अमेरिकालगायत अन्य देशका सेलिब्रेटीहरूसँग उनको घनिष्ठ सम्बन्ध रहेको थियो। उनीमाथि नाबालिगलाई वेश्यावृत्तिमा लगाउन बाध्य पारेको आरोप लागेको थियो । एपस्टेनले मिस स्वीडेन इवा एन्डरसन डुबिन र प्रकाशक रोबर्ट म्याक्सवेलकी छोरी घिसलेन म्याक्सवेल जस्ता महिलासँग डेट गरेका थिए, यद्यपि उनले कहिल्यै विवाह भने गरेनन् ।

 

तर, अचानक उनी यौन अपराधी ठहरिए पछि १० वर्ष जेल सजाय भोग्दै गर्दा उनी १० अगस्ट २०१९ मा न्यूयोर्कको जेलमा मृत फेला परेका थिए । उनले आत्महत्या गरेको बताइएको छ ।

 

एपस्टेनको जन्म न्यूयोर्कमा जन्म भएको थियो । १९७० को दशकमा उनले स्कूलमा बच्चाहरूलाई गणित र भौतिक विज्ञान पढाएका थिए । र, यो पनि भनिन्छ कि उनका एक विद्यार्थीको पिता उनीसँग यति प्रभावित भए कि उनले एपस्टेनलाई वाल स्ट्रीट इन्भेष्टमेन्ट बैंक बियर स्टर्न्सको एक वरिष्ठ साझेदारसँग परिचय गराईदिए । 

 

त्यसको ४ वर्ष भित्र एपस्टेन आफैं यसको साझेदार बन्न सफल भए । सोही बलमा उनले १९८२ मा आफ्नै अलग्गै फर्म जे एपस्टेन कम्पनी खडासमेत गरेर काम गर्न सुरू गरे । तर, उनी यौनदुराचारीको रूपमा अन्तिम समयमा कुख्यात भएर जेलमा नै मृत्युबरण गरेका थिए ।

 

सन् २००२ मा ट्रम्प र एपस्टेनबीचको मित्रतालाई ट्रम्प आफैंले स्वीकार गरेका थिए । दि न्युयोर्क पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले जेफ्रीलाई १५ वर्षदेखि चिनेको बताएका थिए । ‘उहाँ धेरै अद्भुत व्यक्ति हुनुहुन्छ, उनीसँगै बस्दा पनि निकै रमाइलो लाग्छ, ट्रम्पले उनी पनि आफू जस्तै सुन्दर महिलाहरू मन पराउनु हुन्छ, यीमध्ये धेरै युवतीहरू रहेका छन्’ उनले भनेका थिए ।

 

सन १९९७ मा जेफ्री एपस्टेन र ट्रम्प बीचको मित्रता निकै नै बढ्दै गयो । ट्रम्पले पाम बिचमा उनको काँधमा हात राखेर तस्बिर पनि खिचेका थिए, जसमा उनी मुस्कुराउँदै गरेको देखिन्छन् । दुवैको सामाजिक अवस्था उस्तै थियो । ट्रम्प र एपस्टेन दुवैलाई केटीहरूमा विशेष रुचि थियो । यी सबै कुरामा समानता भएका कारण उनीहरुको मित्रता वर्षौंसम्म टिकिरहेको भनिन्छ । उनीहरू दुवैले धेरै क्लब पार्टीहरूमा सँगसँगै भाग लिए, धेरै लञ्च र डिनरसमेत गरेको अनुभव रहेको छ । दुवैजना धेरै पार्टीमा सँगै देखिएका थिए । उनीहरूको नजिकको कारण उनीहरूको समान सामाजिक स्थिति र केटीहरूमा विशेष चासो नै प्राथमिक रहेको जनाइन्छ ।

 

तर, सन २००४ त्यो वर्ष थियो, जब ट्रम्प र एपस्टेन बीचको दशकौं पुरानो मित्रतामा अचानक दरार आयो । दुबै अर्बपति व्यवसायी, जो एक समय न्यूयोर्कदेखि पाम बिचसम्म सँगै यात्रा गर्थे । क्लबहरूमा धेरै पार्टी गर्थे। लंच र डिनर सँगै खान्थे । सम्पत्तिको कारोबारको बिषयलाई लिएर दुवै एकअर्काका कट्टर शत्रु बन्न पुगे ।

 

यौन दुर्व्यवहारको आरोपमा २० वर्षको जेल सजाय भोगेका एपस्टेनले २०१९ मा जेलमै आत्महत्या गरेका थिए । ट्रम्पजस्तै एपस्टेन पनि अर्बपति हुन चाहान्थे । एक समय थियो, जब उनी र ट्रम्पलाई मिल्ने साथी मानिन्थ्यो। सामाजिक सञ्जालमा पनि उनीहरुको मित्रताका धेरै कथाहरु उपलब्ध रहेका छन् ।

 

ट्रम्प राष्ट्रपति चुनाव लड्दै गर्दा एक अमेरिकी अदालतले केही कागजातहरू जारी गरेको थियो । जसमा एपस्टेनमाथि यौन शोषणको आरोप लगाउने महिलाले पनि ट्रम्पको कालो कारनामीको पर्दाफास गरेकी थिइन् । उनले आफूसँग बिल क्लिन्टन, प्रिन्स एन्ड्रयु र ट्रम्पजस्ता सेलिब्रेटीको सेक्स टेप रहेको दाबी गरेकी थिइन् । 

 

कागजातहरूमा भनिएको छ कि यी टेपहरू ट्रम्पका साथी एपस्टेन आफैंले रेकर्ड गराएका थिए । ती महिलाले ट्रम्पको बारम्बार न्युयोर्कस्थित एपस्टेनको घरमा जाने गरेको पनि बताएकी थिइन् ।

 

उनै एप्स्टिन र ट्रम्पबीचको ‘कुख्यात मित्रता’ को चर्चा फेरि एकपटक अहिले भइरहेको छ किनभने मस्कले ट्रम्पको नाम एपस्टेन फाइलमा रहेको दाबी गरिरहेका छन्, त्यसैले उनीहरुलाई रिलिज नगरिएको भनेर पनि लेखेका छन, ‘अब ठूलो बम खसाल्ने समय आएको छ ।’


मस्कको यो दाबी पछि अमेरिकी राष्ट्रपतिको बाल यौन दुर्ब्याबहार गर्ने व्यक्तिसँगको पुरानो सम्बन्ध फेरि छानबिनको दायरामा आउने देखिएको छ । तर, अहिलेसम्म ट्रम्पको तर्फबाट यस विषयमा केही भनिएको छैन् ।
 

 

प्रतिकृया दिनुहोस